२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

माओवादीको एकता प्रस्तावमा छलफल गर्न,विप्लव नेकपाको स्थायी कमिटी बैठक बस्दै

Logo
HeroNepal-tv प्रकाशित आइतबार, भाद्र १५, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बोलाइएको छ ।

आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, नेकपा (माओवादी केन्द्र)को एकता प्रस्तावसहित विषयमा छलफल हुने विप्लवको सचिवालयले जनाएको छ ।

यसअघि, साउन १९ गते माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विप्लवसँग एकता गर्ने निर्णय गरेको थियो ।

तर, विप्लवको पार्टीमा नेताहरूबीच एकतालाई लिएर एकमत बनिसकेको छैन । विप्लवको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूहरूको जनमत बढेकाले एकताको विषय सोचनीय रहेको बताए ।

“हाम्रो पार्टीको नीति, सिद्धान्त पहिलेको तुलनामा फेरिएको छ । पार्टीलाई लिएर जनमत राम्रै बन्दै छ । अहिलेकै अवस्थामा एकताको विषय सोचनीय छ,” उनले भने ।

पार्टीभित्रका नेताकार्यकर्ताको धारणा बुझेर आवश्यक निर्णय लगिने उनको भनाइ छ ।

विप्लव नेतृत्वको नेकपाको पोलिटब्युरो बैठक यही भदौ १८ गते र केन्द्रीय कमिटी बैठक भदौ २२ गतेका लागि तय गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]