०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

माओवादीको एकता प्रस्तावमा छलफल गर्न,विप्लव नेकपाको स्थायी कमिटी बैठक बस्दै

Logo
HeroNepal-tv प्रकाशित आइतबार, भाद्र १५, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बोलाइएको छ ।

आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, नेकपा (माओवादी केन्द्र)को एकता प्रस्तावसहित विषयमा छलफल हुने विप्लवको सचिवालयले जनाएको छ ।

यसअघि, साउन १९ गते माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विप्लवसँग एकता गर्ने निर्णय गरेको थियो ।

तर, विप्लवको पार्टीमा नेताहरूबीच एकतालाई लिएर एकमत बनिसकेको छैन । विप्लवको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूहरूको जनमत बढेकाले एकताको विषय सोचनीय रहेको बताए ।

“हाम्रो पार्टीको नीति, सिद्धान्त पहिलेको तुलनामा फेरिएको छ । पार्टीलाई लिएर जनमत राम्रै बन्दै छ । अहिलेकै अवस्थामा एकताको विषय सोचनीय छ,” उनले भने ।

पार्टीभित्रका नेताकार्यकर्ताको धारणा बुझेर आवश्यक निर्णय लगिने उनको भनाइ छ ।

विप्लव नेतृत्वको नेकपाको पोलिटब्युरो बैठक यही भदौ १८ गते र केन्द्रीय कमिटी बैठक भदौ २२ गतेका लागि तय गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]