१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

खेलकुद

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई ३–० ले हरायाे 

वैकल्पिक गोलरक्षक अञ्जना रानामगर टाइब्रेकरमा चम्किएपछि बुधबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई ३–० ले हराएको छ । दुई दिनको अन्तरमा नेपालले भारतमाथि दोस्रोपटक जित निकालेको हो । समग्रमा २० अन्तर्राष्ट्रिय भारतविरुद्धको खेलमा नेपालले पाँचौँपटक सफलता प्राप्त गरेको हो । गत सोमबार पनि नेपालले त्रिकोणात्मक मैत्रीपूर्ण फुटबलमा भारतलाई २–१ ले पाखा लगाएको थियो । सिक्किमको पाल्जोर […]

मलका, मलेसिया : Pulse Play Sports Complex Malaysia, Malaccaको आयोजनामा  “7s Open Football Tournament” मा यसपालि पहिलो पटक नेपाली समुदायको टिमले समेत सहभागिता जनाउने भएकाे छ। गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलकाकाे तर्फबाट एक नेपाली फुटबल टिमलाई उक्त प्रतियोगितामा विशेष आमन्त्रणका साथ सहभागीता प्रदान गरिएको हो। आयोजकका अनुसार, यस खेलकुद प्रतियोगितामा कुल ९ […]

जोहोरबारु, मलेसिया ।  गैर-आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति जोहोरको आयोजनामा हुन गइरहेको प्रथम NRNA जोहोर कप फुटबल प्रतियोगिता २०२५ को खेल तालिका आयोजक समितिले सार्वजनिक गरेको छ। खेल संयोजक बिन्दु दर्लामीका अनुसार, प्रतियोगितामा पोल A र पोल B गरी जम्मा १६ टिमको सहभागिता रहनेछ। प्रत्येक खेल ३०/३० मिनेटको हुनेछ भने सबै टिमहरू तोकिएको समयमै […]

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् । दुवै टोली […]

मलेसिया – मलेसियाको कुचिङ शहरमा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G-4) मा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ले महिला ५७ केजी तौल समूह अन्तर्गत K-44 वर्गमा कास्य पदक जित्दै देशको नाम उज्यालो पार्न सफल भएकी छन्। पलेशाको यो सफलता उनको छैठौं आधिकारिक अन्तर्राष्ट्रिय पदक हो, जुन उपलब्धि नेपाली पारा खेलकुद क्षेत्रका लागि अत्यन्त […]

एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ। उज्वेकिस्तानमा हुने खेल शनिबार साँझ सवा ९ बजेपछि सुरु हुनेछ। अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा पुग्नका लागि नेपाल र उज्वेकिस्तान दुवै टोली जित्नै पर्ने दबाबमा छन्। समूह चरणको अन्तिम खेल दुवै टोलीका लागि फाइनल […]

एसीसी पुरुष यू–१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा आज (आइतबार) नेपाली युवा टोलीले इन्डोनेसियाविरुद्ध खेल्दैछ। मलेसियाको क्वालालाम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा हुने खेल बिहान पौने ८ बजे सुरु हुनेछ। समूह ए मा अपराजित रहेको नेपाली युवा टोली लगातार तेस्रो जित निकाल्दै समूह चरणको शीर्ष स्थानमा उक्लन चाहन्छ। समूह चरणको दुई खेलमा जित निकालेको नेपाल ४ […]

लेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न २४औं अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूलाई गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् मलेसियाले विशेष सम्मान गरेको छ। नेपाल सोतोकान कराते डो संघ (SKDUN) अन्तर्गतको टोली जुन २० देखि २२ जुनसम्म आयोजित प्रतियोगितामा सहभागी भएको थियो। उक्त टोलीमा खेलाडी, कोच र रेफ्रीसहित कुल १२ जना रहेका थिए। प्रतियोगितामा अन्तर्राष्ट्रिय […]

आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो । नेपालले अब दोस्रो खेल मंगलबार जापानसँग खेल्ने छ । १६ वर्षमुनिको इस्ट जोन […]

​काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दैछ । नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो । निकै रोमाञ्चक खेलमा नेपाल तेस्रो सुपर ओभरमा पराजित हुन पुगेको थियो । खेल आज नेपाली समय अनुसार पौने ८ बजे स्कटल्याण्डको ग्लास्कोमा सुरु हुनेछ । […]