०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

पलेशा गोवर्धनद्वारा एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक हासिल।

Logo
कृष्ण गुप्ता प्रकाशित शुक्रबार, साउन १७, २०८२

मलेसिया – मलेसियाको कुचिङ शहरमा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G-4) मा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ले महिला ५७ केजी तौल समूह अन्तर्गत K-44 वर्गमा कास्य पदक जित्दै देशको नाम उज्यालो पार्न सफल भएकी छन्।

पलेशाको यो सफलता उनको छैठौं आधिकारिक अन्तर्राष्ट्रिय पदक हो, जुन उपलब्धि नेपाली पारा खेलकुद क्षेत्रका लागि अत्यन्त गौरवको विषय बनेको छ।

प्रतियोगितामा नेपालको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा नेपाल तेक्वान्दो संघका सदस्य रामचन्द्र श्रेष्ठ को नेतृत्वमा व्यवस्थापन गरिएको थियो। प्रशिक्षणको जिम्मेवारी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले सम्हाल्नुभएको थियो। 

पलेशासँगै नेपालबाट भरत सिंह महता, अमीर भ्लोन, रेनु तामाङ र कामना प्रसाईं लगायतका खेलाडीहरूले पनि प्रतियोगितामा सहभागिता जनाएका थिए।

यस गौरवमय उपलब्धिप्रति हिमालयन एकेडेमी तथा नेपाली फुटबल एसोसिएसन मलेसिया परिवारले पलेशा गोवर्धनलाई हार्दिक बधाई ज्ञापन गर्दै भविष्यमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]