०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

पलेशा गोवर्धनद्वारा एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक हासिल।

Logo
कृष्ण गुप्ता प्रकाशित शुक्रबार, साउन १७, २०८२

मलेसिया – मलेसियाको कुचिङ शहरमा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G-4) मा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ले महिला ५७ केजी तौल समूह अन्तर्गत K-44 वर्गमा कास्य पदक जित्दै देशको नाम उज्यालो पार्न सफल भएकी छन्।

पलेशाको यो सफलता उनको छैठौं आधिकारिक अन्तर्राष्ट्रिय पदक हो, जुन उपलब्धि नेपाली पारा खेलकुद क्षेत्रका लागि अत्यन्त गौरवको विषय बनेको छ।

प्रतियोगितामा नेपालको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा नेपाल तेक्वान्दो संघका सदस्य रामचन्द्र श्रेष्ठ को नेतृत्वमा व्यवस्थापन गरिएको थियो। प्रशिक्षणको जिम्मेवारी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले सम्हाल्नुभएको थियो। 

पलेशासँगै नेपालबाट भरत सिंह महता, अमीर भ्लोन, रेनु तामाङ र कामना प्रसाईं लगायतका खेलाडीहरूले पनि प्रतियोगितामा सहभागिता जनाएका थिए।

यस गौरवमय उपलब्धिप्रति हिमालयन एकेडेमी तथा नेपाली फुटबल एसोसिएसन मलेसिया परिवारले पलेशा गोवर्धनलाई हार्दिक बधाई ज्ञापन गर्दै भविष्यमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]