०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

जोहोरबारुमा प्रथम NRNA जोहोर कपको खेल तालिका सार्वजनिक, १६ टिमको सहभागिता

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र १४, २०८२

जोहोरबारु, मलेसिया ।  गैर-आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति जोहोरको आयोजनामा हुन गइरहेको प्रथम NRNA जोहोर कप फुटबल प्रतियोगिता २०२५ को खेल तालिका आयोजक समितिले सार्वजनिक गरेको छ।

खेल संयोजक बिन्दु दर्लामीका अनुसार, प्रतियोगितामा पोल A र पोल B गरी जम्मा १६ टिमको सहभागिता रहनेछ। प्रत्येक खेल ३०/३० मिनेटको हुनेछ भने सबै टिमहरू तोकिएको समयमै खेल मैदानमा उपस्थित हुनु अनिवार्य गरिएको छ।

खेलमा सहभागी हुने कुनै पनि टिम वा खेलाडीले खेल सुरू हुनु अघि नै आयोजकलाई जानकारी दिनुपर्नेछ। यसले समय व्यवस्थापनलाई सहज बनाउने संयोजक दर्लामीले जानकारी दिनुभयो।

खेलको रोमाञ्चकता र आपसी सौहार्द वृद्धिका लागि आयोजकले मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खेल स्थलमा उपस्थित भई प्रतियोगिताको शोभा बढाईदिन सादर आमन्त्रण गरेको छ।

खेल हुने स्थान: Puteri Wansa Football Stadium, Johor Bahru
खेल हुने मिति: ३१ अगस्ट २०२५

सहभागी टिमहरूको सूची यश पर्कार छ ।

🔹 Pole A (पोल ए):

Makalu FC

S.B.Y.C FC

Sagarmatha FC

Idaman Senai

PB FC

Rapiscan FC

Sagarmatha FC Pekan Nanas

Gorkhali FC RB FC

🔹 Pole B (पोल बी):

Shimano FC

Taman U FC

New Star FC

Johor Jaya FC

RT FC

Johor Purbeli FC

Comteq FC

Senai Fक

आयोजक: NRNA क्षेत्रीय समिति, जोहोर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]