०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

जोहोरबारुमा प्रथम NRNA जोहोर कपको खेल तालिका सार्वजनिक, १६ टिमको सहभागिता

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र १४, २०८२

जोहोरबारु, मलेसिया ।  गैर-आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति जोहोरको आयोजनामा हुन गइरहेको प्रथम NRNA जोहोर कप फुटबल प्रतियोगिता २०२५ को खेल तालिका आयोजक समितिले सार्वजनिक गरेको छ।

खेल संयोजक बिन्दु दर्लामीका अनुसार, प्रतियोगितामा पोल A र पोल B गरी जम्मा १६ टिमको सहभागिता रहनेछ। प्रत्येक खेल ३०/३० मिनेटको हुनेछ भने सबै टिमहरू तोकिएको समयमै खेल मैदानमा उपस्थित हुनु अनिवार्य गरिएको छ।

खेलमा सहभागी हुने कुनै पनि टिम वा खेलाडीले खेल सुरू हुनु अघि नै आयोजकलाई जानकारी दिनुपर्नेछ। यसले समय व्यवस्थापनलाई सहज बनाउने संयोजक दर्लामीले जानकारी दिनुभयो।

खेलको रोमाञ्चकता र आपसी सौहार्द वृद्धिका लागि आयोजकले मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खेल स्थलमा उपस्थित भई प्रतियोगिताको शोभा बढाईदिन सादर आमन्त्रण गरेको छ।

खेल हुने स्थान: Puteri Wansa Football Stadium, Johor Bahru
खेल हुने मिति: ३१ अगस्ट २०२५

सहभागी टिमहरूको सूची यश पर्कार छ ।

🔹 Pole A (पोल ए):

Makalu FC

S.B.Y.C FC

Sagarmatha FC

Idaman Senai

PB FC

Rapiscan FC

Sagarmatha FC Pekan Nanas

Gorkhali FC RB FC

🔹 Pole B (पोल बी):

Shimano FC

Taman U FC

New Star FC

Johor Jaya FC

RT FC

Johor Purbeli FC

Comteq FC

Senai Fक

आयोजक: NRNA क्षेत्रीय समिति, जोहोर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]