०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

२४औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूलाई (NRNA) मलेसियाकाे सम्मान

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आषाढ ०९, २०८२

लेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न २४औं अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूलाई गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् मलेसियाले विशेष सम्मान गरेको छ।

नेपाल सोतोकान कराते डो संघ (SKDUN) अन्तर्गतको टोली जुन २० देखि २२ जुनसम्म आयोजित प्रतियोगितामा सहभागी भएको थियो। उक्त टोलीमा खेलाडी, कोच र रेफ्रीसहित कुल १२ जना रहेका थिए।

प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय रेफ्री चित्र प्रसाद श्रेष्ठ र अंकध्वज परियारले रेफ्रीको भूमिकामा उत्कृष्ट योगदान दिएका थिए। टोली व्यवस्थापकको रूपमा आइतेराम थिङ, कोच दीपक तितुङ, अफिसियलहरू चन्द्रलक्ष्मी धौगोडा र भवानी डंगाल उपस्थित थिए।

खेलाडीहरूमा सृष्टि श्रेष्ठ, बास्नुरी शेर्पा, इशान डंगाल, अनिल ठोकर र क्रिजाङ्गा मिश्र थिए भने टोली सहयोगीको रूपमा मसीनु माया श्रेष्ठ रहेकी थिइन्। प्रतियोगितामा सृष्टि श्रेष्ठ र इशान डंगालले तेस्रो स्थान हात पार्दै नेपालका लागि मेडल जित्न सफल भए। उनीहरूलाई मलेसियन रिंगेट २०० नगदसहित सम्मान गरिएको हो।

सम्मान कार्यक्रम गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा सचिव विष्णु प्रसाद बराल, सदस्यहरू उमेश महतो र अनिल चौधरीको पनि उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]