०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

२४औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूलाई (NRNA) मलेसियाकाे सम्मान

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आषाढ ०९, २०८२

लेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न २४औं अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूलाई गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् मलेसियाले विशेष सम्मान गरेको छ।

नेपाल सोतोकान कराते डो संघ (SKDUN) अन्तर्गतको टोली जुन २० देखि २२ जुनसम्म आयोजित प्रतियोगितामा सहभागी भएको थियो। उक्त टोलीमा खेलाडी, कोच र रेफ्रीसहित कुल १२ जना रहेका थिए।

प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय रेफ्री चित्र प्रसाद श्रेष्ठ र अंकध्वज परियारले रेफ्रीको भूमिकामा उत्कृष्ट योगदान दिएका थिए। टोली व्यवस्थापकको रूपमा आइतेराम थिङ, कोच दीपक तितुङ, अफिसियलहरू चन्द्रलक्ष्मी धौगोडा र भवानी डंगाल उपस्थित थिए।

खेलाडीहरूमा सृष्टि श्रेष्ठ, बास्नुरी शेर्पा, इशान डंगाल, अनिल ठोकर र क्रिजाङ्गा मिश्र थिए भने टोली सहयोगीको रूपमा मसीनु माया श्रेष्ठ रहेकी थिइन्। प्रतियोगितामा सृष्टि श्रेष्ठ र इशान डंगालले तेस्रो स्थान हात पार्दै नेपालका लागि मेडल जित्न सफल भए। उनीहरूलाई मलेसियन रिंगेट २०० नगदसहित सम्मान गरिएको हो।

सम्मान कार्यक्रम गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा सचिव विष्णु प्रसाद बराल, सदस्यहरू उमेश महतो र अनिल चौधरीको पनि उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]