०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

टी–२०आई सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आषाढ ०५, २०८२

​काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दैछ । नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो ।

निकै रोमाञ्चक खेलमा नेपाल तेस्रो सुपर ओभरमा पराजित हुन पुगेको थियो । खेल आज नेपाली समय अनुसार पौने ८ बजे स्कटल्याण्डको ग्लास्कोमा सुरु हुनेछ । नेपालले घरेलु टोली स्कटल्याण्डलाई लोस्कोरिङ गेममा २ विकेटले हराएको छ ।

जारी प्रतियोगितामा गएराति नेदरल्याण्डले स्कटल्याण्डलाई १९ रनले हराउँदै तालिकाको शीर्ष स्थानमा छ । नेपाल र स्कटल्याण्डले भने एक एक खेल जितेका छन् । नेपाल २ अंकका साथ तेस्रो स्थानमा हुँदा समान अंकका साथ स्कटल्याण्ड दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]