०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

राजनीति

महिलालाई राजनीति गर्न कठिन छ : ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले महिलालाई राजनीति गर्न कठिन हुने गरेको बताएकी छिन्। सोमबार वीरेन्द्रनगरमा भएको कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले यस्तो बताएकी हुन्। सञ्चारिका समूह कर्णाली प्रदेशको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा नगरप्रमुख ढकालले महिलाहरुलाई राजनीति मात्र नभएर अन्य जुनसुकै क्षेत्र […]

सुर्खेत । कोशेली घर तथा कृषि उपज बिक्रेताहरूलाई क्युआर कोड तयारी तथा प्रयोग सम्बन्धि क्षमता अभिवृद्धि तालिमको सुरु भएको छ। सोमबारदेखि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा तालिम सञ्चालन भएको हो। उक्त तालिममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कर्णाली प्राङ्गारिक कृषिका सम्भावना, कर्णालीको बजार प्रतिस्पर्धा रणनीति, हालसम्म प्रयोग […]

शनिबार पुष्पलाल अध्ययन समितिले काठमाडौंमा आयोजना गरेको पुष्पलाल जन्मशताब्दी समारोहमा बोल्दै महासचिव विप्लवले एउटै कम्युनिष्ट पार्टी बनाएर नेपाली कम्युनिष्ट आन्दोलनलाई २००६ सालमा फर्काउन सकिने बताएका हुन्। समाजवादी मोर्चा बनाएर आफूहरूले त्यसको प्रयत्न पनि गरिरहेको उनले बताए। समाजवादी मोर्चा नभए नयाँ ढंगले मोर्चाबन्दी गरी एकताका प्रस्तावहरू खडा गर्नुपर्ने उनले बताए। सबै विश्लेषण गरेर पस्ताव बनाएर छलफल […]

सुर्खेत । कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाहले राष्ट्रिय धान दिवसको शुभकामना दिएका छन्। मन्त्री शाहले शनिबार २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१को शुभकामना दिएका हुन्। मन्त्री शाहले जारी गरेको शुभकामना सन्देशमा नेपालको प्रमुख खाद्यन्न बाली धान भएको र जसले खाद्य सुरक्षामा महत्वपूर्ण स्थान ‌ओगटेकोका धान बालीले […]

काठमाडौ ः नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको पाँचौँ पूर्ण बैठक पार्टी केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । पार्टी कार्यालय बिजुलीबजार काठमाडौमा कमिटीका अध्यक्ष सुरत खत्रीको अध्यक्षतामा १९ जेठ, २०८१ मा सम्पन्न बैठकले आगामी शनिवार अर्थात जेठ २५ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । […]

वीरगन्ज ।  जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । सिरोहिया पक्षका अधिवक्ताहरुको बहस सकेपछि जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रो पटक तीन दिनको म्याद थप गरेको हो । जिल्ला सरकारी […]

वीरगंज :=सम्मानित जिल्ला अदालत पर्साले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने रन्जित चौरसियालाई पक्राउ गर्न आदेश दिएको छ । पत्रकार हरिशंकर शर्मा सहितका ५ जनाले दिएको जाहेरीको आधारमा पर्सा जिल्ला अदालतले चौरसियालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई आदेश दिएको हो । वीरगंज टाइम्सका संचालक समेत रहेका पत्रकार शर्मा सहित पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय […]

सिरोहियालाई कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञानेद्रपथको अनुसरण गरेको टिप्पणी गरेका छन्। सिरोहियालाई नागरिकताबारे धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो। ‘जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन,’ उनले सामाजिक […]

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितकाे टाेलीले सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेशनकाे कार्यालयबाट मंगलबार साँझ पक्राउ गरेकाे हाे। दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेकाे थियाे। साेही पक्राउ पुर्जीकाे आधारमा उनलाई प्रहरीले पक्राउ गरेकाे हाे। यता, सिरोहियाले आफ्नो पक्राउ […]

सुर्खेत ।  नेकपा (माओबादि केन्द्र) दैलेख जिल्ला समन्वय समितिको बैठक अाज सम्पन्न भएकाे छ । समितिको बैठक पार्टिका दैलेख जिल्ला ईन्चार्ज प्रेम कटुवाको अध्यक्षतामा सम्पन्न भएकाे हाे । उक्त बैठकमा कर्णालि प्रदेश सरकारका अर्थमन्त्री माननिय महेद्र केशिकाे समेत प्रमुख उपश्थितिकाे रूपमा उपस्थीति रहेकाे थियाे । बैठक अाज जिल्ला पार्टि कार्यालय पेरिस डाँडामा सम्पन्न भएकाेहाे ।।