०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो गर्ने भियानमा बालेन समर्थकहरु

Logo
HeroNepal-tv प्रकाशित बुधबार, भाद्र १९, २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका छन् ।

मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ९७ हजार मात्र रहेका छन् ।

मेयर साहको एमाले सांसदविरुद्धको एक पोस्ट सरकारले हटाइदिएको आरोप लगाउँदै उनका समर्थकले यस्तो अभियान चलाएका हुन् । आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले लेखेका थिए–’पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’

उनको यो पोस्टपछि समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान चलाएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]