०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

महेश बस्नेतले भने: सामाजिक सञ्जालले सबथोक हुने भए इजरायलमा हमासले स्टाटस बर्साउनुपर्ने हो

Logo
HeroNepal-tv प्रकाशित बुधबार, भाद्र १९, २०८१

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालको प्रभाव र यसको सीमितताबारे आलोचनात्मक विचार प्रस्तुत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफोलो गर्ने प्रवृत्तिको विरोध गर्दै उनले सामाजिक सञ्जालका फलोअर र स्टाटसले नेता वा प्रभावशाली व्यक्तिहरूको वास्तविक योग्यता र प्रभावको प्रतिनिधित्व नगर्ने मत राखेका हुन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले भनेका छन्, “सामाजिक सञ्जालमा भएका फलोअर्सकै कारण नेता हुने भए दीपिका पादुकोण भारतकी प्रधानमन्त्री हुनुपर्ने तथा पोर्नस्टार मिया खलिफासँग वार्ता गर्न बाइडेन आउनु पर्ने हो ।”

उनी अगाडि लेख्छन्, “रुस र युक्रेन युद्धमा बम र तोप हैन स्टाटस र ट्विट बर्सन पर्ने हो । इजरायलमा हमासले स्टाटस आक्रमण गर्नुपर्ने हो । बंगलादेशमा हसिनाका वस्त्र चोर्ने हैन, उनका पोस्टमा डिसलाइक हुनपर्ने हो । भारत र पाकिस्तानको क्रिकेटमा हार्ने खेलाडीको घर तोडफोड गर्ने आफ्नै टेलिभिजन फुटाउनुको सट्टा फेसबुकमा बटन थिच्नुपर्ने हो ।”

“नेपालको कुरा गरौं, ७० करोड भन्दै गोकुल बास्कोटाको खेदो खनियो, तर उल्टो आफूले गरेको विकासे योजनाको बजेट हान्देकै हो भनेपछि शिथिल भयो यो गैरसामाजिक सञ्जाल । के जेपी गुप्तालाई सञ्चार मन्त्रालयबाट अदालत र अदालतबाट जेल पुर्‍याएको सामाजिक सञ्जालले हो र ? के अफ्ताव आलम जेल पुगेको तिम्रै फेसबुकले हो र ? अमेरिकामा सबैले दुई पटक राष्ट्रपति खाँदा डोनाल्ड ट्रम्प पहिलोमा सीमित भएको यही फेसबुकले हो र ?”

बस्नेतले सामाजिक सञ्जाल असामाजिक बन्दै गएकाले यसलाई कानूनी रूपमा नियमन गर्न र भाइरल बन्ने रोगले ग्रस्त व्यक्तिहरूको उपचार गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]