२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने ओलीकाे घोषणा

Logo
HeroNepal-tv प्रकाशित बुधबार, भाद्र २६, २०८१

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् ।

बुधबार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेको हो । ओलीले सुवास नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरूलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताए । प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रबारको सचिवालय बैठकले गर्ने ओलीले बताए ।

पुष्पलाल प्रतिष्ठान पार्टीले बनाए पनि अहिले माधवकुमार नेपालले निजी सम्पत्ति झैँ लगेको भन्दै उनले टिप्पणी गरे । पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले नेताहरूको नाममा प्रतिष्ठान, विद्यालयहरू खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]

काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सात पृष्ठ लामो ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका र भारतलगायत १३ वटा देशका लागि योग्य र दक्ष नेपाली नागरिकबाट खुला आवेदन मागेको हो। इच्छुक उम्मेदवारहरूले आगामी २०८३ जेठ २२ गतेभित्र […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न नसकेको ठहर गर्दै ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ। शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै प्रशासनबाट अनुमति लिइएको भए पनि प्रदर्शन क्रमशः हिंसात्मक बन्दै जाँदा गुरुङलगायत आयोजकहरूले त्यसलाई नियन्त्रण गर्न नसकेको आयोगले […]