०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

NRNA मलेसियाकाे,अनाधिकृत बैठक बसि,नयाँ अध्यक्ष चयन गरेकाे भन्दै प्रेस वक्तब्य जारी

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र २२, २०८१

मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाका महाँसचिव टिकाराम अधिकारीले आफ्नाे स्वीकृत नलिकन सचिवले अनाधिकृत बैठक बसाली नयाँ  स्वघाेसित अध्यक्षकाे चयन गरेकाे भन्दै आपत्ति सहित प्रेस वक्तब्य जारी गरेका छन ।

दाेस्राे पक्ष राकेस प्रसाद महताे पक्षले गैर आवासीय नेपाली संघ मलेसिया (NRNA) को   आज शनिबार बैठक बसि अध्यक्षमा राकेश प्रसाद महतोलाई चयन गरेकाे थियाे ।

गत २०२३ जुलाई  २४  मा  बसेकाे संयुक्त बैठकले एनआरएनए  मलेसियाकाे आगामि २०२३/ २५ कार्यकालकालागी सहमतिका आधारमा अध्यक्ष पदमा परेका दुई  उमेदवारहरूले एक,एक बर्षकाे कार्यकाल चलाउने सहमति भएकाे थियाे ।

जस मध्यमा पहिलाे एक कार्यकालमा  विनाेद कुमार थापाले  कार्यभार समाल्ने र राकेस प्रसाद महताेले विनाेद कुमार थापालाई सहयाेग गर्दै प्रर्थम उपाध्यक्ष पदमा रहि काम गर्ने र दाेस्राे एक बर्षकाे कार्यकाल राकेस प्रसाद महताेले कार्यभार समाल्ने र विनाेद कुमार थापाले सल्लाहकारकाे भुमिका निर्बाह गर्ने सहमति भएकाे पत्र बाहिरिएकाे छ ।

त्यसैगरी महासचिव पदमा परेका दुई उमेदवार टेक बहादुर अधिकारी र बिमल कुमार राना विच सहमति भई टेक बहादुर अधिकारी महाँसचिवमा बस्ने र विमल कुमार राना सहकाेषाध्यक्षमा रहने गरी भएकाे हस्ताक्षर सहितकाे सहमति दस्तावेज सार्वजानिक भएकाे हाे ।

साेहि सहमतिकाे दस्तावेज नुरूप राकेस प्रसाद महताे पक्षधरले गैर आवासीय नेपाली संघ मलेसिया (NRNA) को   आज शनिबार बैठक बसि अध्यक्षमा राकेश प्रसाद महतोलाई चयन गरेकाे हाे  ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]