२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

Logo
Manoj DC प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाखमा हुने महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने भएको छ।

मंगलबार (आज) देखि राष्ट्रिय भेला गरिरहेको रास्वपाले कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको निर्वाचन गर्ने प्रवक्ता मनिष झाले बताए ।

पार्टीको पहिलो महाधिवेशन वैशाखको तेस्रो साता गर्ने र प्रत्यक्ष निर्वाचनमा जाने टुङ्गो लागेको झाको दाबी छ। अहिले राजसभामा ६३ जना केन्द्रीय सदस्य छन् । महाधिवेशनपछि १२१ जना केन्द्रीय सदस्य रहने विधान बनाउने उनले जानकारी दिए ।

यस्तै, तीन उपसभापतिमा एकजना तथा महामन्त्री १ र सहमहामन्त्री २ मध्ये एक महिला अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको झाको भनाइ छ।

रास्वपामा अहिले पदाधिकारी सङ्ख्या ११ छ । नयाँ विधानमा १५ जना पदाधिकारी रहने प्रस्ताव गरिएको झाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]