०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

Logo
Manoj DC प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाखमा हुने महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने भएको छ।

मंगलबार (आज) देखि राष्ट्रिय भेला गरिरहेको रास्वपाले कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको निर्वाचन गर्ने प्रवक्ता मनिष झाले बताए ।

पार्टीको पहिलो महाधिवेशन वैशाखको तेस्रो साता गर्ने र प्रत्यक्ष निर्वाचनमा जाने टुङ्गो लागेको झाको दाबी छ। अहिले राजसभामा ६३ जना केन्द्रीय सदस्य छन् । महाधिवेशनपछि १२१ जना केन्द्रीय सदस्य रहने विधान बनाउने उनले जानकारी दिए ।

यस्तै, तीन उपसभापतिमा एकजना तथा महामन्त्री १ र सहमहामन्त्री २ मध्ये एक महिला अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको झाको भनाइ छ।

रास्वपामा अहिले पदाधिकारी सङ्ख्या ११ छ । नयाँ विधानमा १५ जना पदाधिकारी रहने प्रस्ताव गरिएको झाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]