०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

प्रधानमन्त्रीको पलोअर्स घटाउने बालेनको फेसबुक स्टाटस रिकभर भयाे

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र २१, २०८१

काठमाडौं, । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको फेसबुक स्टाटस रिकभर भएको छ । एमाले प्रदेश सांसद रेखा शर्माले विगत ८ वर्षदेखि नाबालिकालाई बालमजदुरको रुपमा राखेर श्रम शोषण गरेकोबारे बालेनले फेसबुकमा लेखेका थिए । उनले बालश्रम शोषण गर्ने प्रदेश सांसद शर्मालाई कहिले पक्राउ गर्ने ? भन्दै प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई समेत जोडेर बालेनले स्टाटस लेखेसँगै एमालेका कार्यकर्ताले रिपोर्ट गर्दा स्टाटस हटेको थियो । त्यसलगत्तै बालेनले ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ’ भन्दै सरकारलाई चूनौति दिएका थिए ।

त्यसपछि बालेनका सार्थकहरुले प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो अभियान नै चलाएका थिए । विगत ४ दिनको अवधिमा ७० हजारभन्दा बढीले प्रधानमन्त्री ओलीलाई अनफलो गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]