०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

प्रधानमन्त्रीको पलोअर्स घटाउने बालेनको फेसबुक स्टाटस रिकभर भयाे

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र २१, २०८१

काठमाडौं, । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको फेसबुक स्टाटस रिकभर भएको छ । एमाले प्रदेश सांसद रेखा शर्माले विगत ८ वर्षदेखि नाबालिकालाई बालमजदुरको रुपमा राखेर श्रम शोषण गरेकोबारे बालेनले फेसबुकमा लेखेका थिए । उनले बालश्रम शोषण गर्ने प्रदेश सांसद शर्मालाई कहिले पक्राउ गर्ने ? भन्दै प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई समेत जोडेर बालेनले स्टाटस लेखेसँगै एमालेका कार्यकर्ताले रिपोर्ट गर्दा स्टाटस हटेको थियो । त्यसलगत्तै बालेनले ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ’ भन्दै सरकारलाई चूनौति दिएका थिए ।

त्यसपछि बालेनका सार्थकहरुले प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो अभियान नै चलाएका थिए । विगत ४ दिनको अवधिमा ७० हजारभन्दा बढीले प्रधानमन्त्री ओलीलाई अनफलो गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]