०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

मलेसियाको क्वालालम्पुर विमानस्थलमा नेपाली यात्रु असुरक्षित, NRNA ले गरायाे दुतावासकाे ध्यानाकर्षण

Logo
Manoj Dashaudi प्रकाशित मंगलबार, पुष ०८, २०८२

क्वालालम्पुर, मलेसिया । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा नेपाली नागरिकहरू ठगी, लुटपाट तथा दुव्र्यवहारको सिकार बन्ने घटना बढ्दै गएको छ।

हाल मलेसियामा करिब चार लाखभन्दा बढी नेपाली नागरिक विभिन्न पेशा, व्यवसाय तथा रोजगारीमा संलग्न छन्। यसैक्रममा रोजगारी वा अन्य प्रयोजनका लागि स्वदेश फर्किने क्रममा विमानस्थलमा केही नेपाली नागरिकले अवाञ्छित गतिविधि, सामान लुटिने, ठगी हुने तथा दुव्र्यवहार सहनुपरेको गुनासो निरन्तर आइरहेको छ।

यसै विषयलाइ लिएर   NRNA मलेसियाले यस्ता घटनाका कारण नेपाली नागरिकहरू आर्थिक, मानसिक तथा सामाजिक रूपमा गम्भीर समस्यामा परेको उल्लेख गर्दै सबै नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै संघले मलेसियाली सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी विमानस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन माग समेत गरेको छ।

संघले नेपाल सरकारकाे मातहतमा रहेकाे, मलेसियास्थित नेपाली दूतावास तथा मलेसियाली सुरक्षा निकायहरूलाई यस विषयमा विशेष ध्यान दिन आग्रह गर्दै, नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न अपिल गरेको छ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मलेसियाले जारी गरेको विज्ञप्तिमा यस्तो गम्भीर विषयमा सबै सरोकारवाला निकायहरूको सहकार्य अपरिहार्य रहेको उल्लेख समेत गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]