१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

मलेसियाको क्वालालम्पुर विमानस्थलमा नेपाली यात्रु असुरक्षित, NRNA ले गरायाे दुतावासकाे ध्यानाकर्षण

Logo
Manoj Dashaudi प्रकाशित मंगलबार, पुष ०८, २०८२

क्वालालम्पुर, मलेसिया । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा नेपाली नागरिकहरू ठगी, लुटपाट तथा दुव्र्यवहारको सिकार बन्ने घटना बढ्दै गएको छ।

हाल मलेसियामा करिब चार लाखभन्दा बढी नेपाली नागरिक विभिन्न पेशा, व्यवसाय तथा रोजगारीमा संलग्न छन्। यसैक्रममा रोजगारी वा अन्य प्रयोजनका लागि स्वदेश फर्किने क्रममा विमानस्थलमा केही नेपाली नागरिकले अवाञ्छित गतिविधि, सामान लुटिने, ठगी हुने तथा दुव्र्यवहार सहनुपरेको गुनासो निरन्तर आइरहेको छ।

यसै विषयलाइ लिएर   NRNA मलेसियाले यस्ता घटनाका कारण नेपाली नागरिकहरू आर्थिक, मानसिक तथा सामाजिक रूपमा गम्भीर समस्यामा परेको उल्लेख गर्दै सबै नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै संघले मलेसियाली सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी विमानस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन माग समेत गरेको छ।

संघले नेपाल सरकारकाे मातहतमा रहेकाे, मलेसियास्थित नेपाली दूतावास तथा मलेसियाली सुरक्षा निकायहरूलाई यस विषयमा विशेष ध्यान दिन आग्रह गर्दै, नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न अपिल गरेको छ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मलेसियाले जारी गरेको विज्ञप्तिमा यस्तो गम्भीर विषयमा सबै सरोकारवाला निकायहरूको सहकार्य अपरिहार्य रहेको उल्लेख समेत गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]