१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

आफ्नो शरीरमा आगो लगाउनु अघि पासवानले स्वीकारे रुबीको हत्या

Logo
HeroNepal-tv प्रकाशित बुधबार, भाद्र ११, २०८२

रौतहटकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको पाइएको छ । सो भिडियोमा उनले रुबीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन् ।

रुबीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुबी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् ।

‘रुबीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०/१५ वर्ष सजाय भोग्नुपर्छ’ उनले भिडियोमा भनेका छन् ।

उनले रुवीसँगको प्रेमसम्बन्धबारे पनि धेरै कुराहरु खुलाएका छन् । उनले हत्या अघि रुबी ब्युटी पार्लरबाट आफ्नो कोठामा आएको र एकअर्का बिना बाँच्न नसक्ने सम्वाद भएको पनि खुलाएका छन् । ‘मैले भनेँ मलाई मार, उनले भनिन् मलाई मारिदेऊ,’ उनले भनेका छन् ।

स्कुलको बेलादेखि आफूहरुबीच सम्बन्ध रहेको र अदालतमा गएर बिहे गरेको उनले बताएका छन् । तर आफू गरिब भएकाले पारिवारिक तनावमा परेकाले रुबीको हत्या गरेको बताएका छन् ।

गत शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा भेटिएको बेवारिसे सुटकेसभित्र २६ वर्षीया रुबी साहको शव भेटिएको थियो । माधव नारायण नगरपालिका– २ माधवपुर माइत र भारतको मुजफरपुर घर भएकी रुबी गौरमा डेरा लिएर बसेर ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन् ।

लक्ष्मणको घर रुबीको माइत टोलमै छ । रुबी–लक्ष्मणबीच पहिले प्रेम सम्बन्ध थियो । रुबीको गौरकै एक घरमा हत्या गरेर एक रिक्सामा राखेर शव फाल्न लगाइएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवान आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान भेटिएका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले अस्पताल पठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]