०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

सरकार

मलेसिया रोजगारीमा ‘सिन्डिकेट’विरुद्ध व्यवसायीको विरोध, ‘नो सिन्डिकेट’ अभियान सुरु

मलेसियाको रोजगारीमा बढ्दै गएको सिन्डिकेट प्रणाली विरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार राजधानीमा विशाल विरोध कार्यक्रम सम्पन्न गरेको छ। संघका सदस्यहरूले हात र निधारमा कालोपट्टी बाँध्दै ‘No Syndicate’ लेखिएको व्यानरसहित अनुपम फुडल्यान्ड, बत्तीसपुतलीमा भेला आयोजना गरेका हुन्। भेलामा सहभागी व्यवसायीहरूले मलेसियाको रोजगारीमा देखिएको सिन्डिकेट स्वीकार्य नहुने चेतावनी दिँदै, आवश्यक परेमा सरकारविरुद्ध आन्दोलनको आँधीबेरी ल्याउने […]

सर्वोच्च अदालतको अन्तरिम आदेशले पनि ११ देशमा खटिएका नेपाली राजदूतहरूलाई पदबाट जोगाउन सकेन। सरकारले सोमबार पुनः निर्णय गर्दै ती सबै राजदूतलाई परराष्ट्र मन्त्रालयमा फिर्ता बोलाएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव सुरेन्द्रकुमार यादवद्वारा पठाइएको पत्रमा भनिएको छ,“महामहिमज्यूलाई अर्को व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी नेपाल बोलाउने मिति २०८२/७/१७ मा निर्णय भएको बेहोरा जानकारी एवं […]

काठमाडौं । वर्षौँदेखि विवादित भिजिट भिसामा विदेश भ्रमण प्रक्रिया अब सरल र सहज बन्ने भएको छ। सरकारले अध्यागमन कार्यविधि संशोधन गरी पासपोर्ट, भिसा र टिकट मात्र हेर्ने तीनबुँदे व्यवस्था लागू गर्न तयारी गरेको हो। अध्यागमन विभागले अध्यागमन कार्यविधि, २०६५ संशोधन गर्दै झन्झटमुक्त प्रणाली कार्यान्वयनको प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेको छ। मन्त्रालयले सरोकारवालासँग छलफल गरी छिट्टै स्वीकृति […]

काठमाडौं । मलेसिया सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका म्यानपावर कम्पनीहरूका लागि नयाँ १० वटा मापदण्ड तोकेको छ। ती मापदण्ड पूरा गर्ने कम्पनीहरूले मात्र मलेसियामा कामदार पठाउन पाउनेछन्। मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पत्राचार गर्दै सो मापदण्डबारे जानकारी गराएको छ। दूतावासले पनि उक्त जानकारी नेपाल सरकारलाई पठाइसकेको बताइएको छ। मलेसियाको मानव […]

वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू बैठकमा सहभागी थिए । करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको […]

काठमाडौँ । करार कर्मचारीको सेवा सम्झौता रद्द गरिएको छ । गुठिचौर गाउँपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको हो । संघीय सरकारको निर्देशनपछि २९ गतेदेखि लागु हुने गरी जुम्लाका गुठिचौर गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, नेपाल सरकार प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी […]

काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ देशका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णयको तयारी गरेको स्रोतले जानकारी दियो । “अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी भएको […]

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिएका छन् । पुनले बिहीबार बसेका विभिन्न बैठकमार्फत पाँच बुँदा सार्वजनिक गरेका हुन् । उनले नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधिहरूको उत्पादन नेपाल मै गर्नको लागि मात्र आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्न […]

काठमाडौँ। निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । आयोगले यही असोज १९ गतेको निर्णयानुसार पूर्वप्रकाशित निर्वाचन कार्यक्रमबमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ […]

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा जेनजेडका नेता सुदन गुरुङको उपस्थिति देखिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टसहित आयोजित उक्त बैठकमा गुरुङले विपद् उद्धार र राहत व्यवस्थापनका विषयमा सुझाव र निर्देशन दिएका छन्। बैठकको भिडियो उनले आफैं सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्, जसमा उनी सरकारी अधिकारीहरूसँग प्रत्यक्ष संवाद गर्दै […]