०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

मलेसिया रोजगारीमा ‘सिन्डिकेट’विरुद्ध व्यवसायीको विरोध, ‘नो सिन्डिकेट’ अभियान सुरु

Logo
Manoj Dashaudi प्रकाशित बुधबार, कार्तिक २०, २०८२

मलेसियाको रोजगारीमा बढ्दै गएको सिन्डिकेट प्रणाली विरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार राजधानीमा विशाल विरोध कार्यक्रम सम्पन्न गरेको छ। संघका सदस्यहरूले हात र निधारमा कालोपट्टी बाँध्दै ‘No Syndicate’ लेखिएको व्यानरसहित अनुपम फुडल्यान्ड, बत्तीसपुतलीमा भेला आयोजना गरेका हुन्।

भेलामा सहभागी व्यवसायीहरूले मलेसियाको रोजगारीमा देखिएको सिन्डिकेट स्वीकार्य नहुने चेतावनी दिँदै, आवश्यक परेमा सरकारविरुद्ध आन्दोलनको आँधीबेरी ल्याउने घोषणा गरे।

कार्यक्रममा वरिष्ठ व्यवसायी हेमबहादुर गुरुङ, नवराज केसी, संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट, रोहन गुरुङ, विमल ढकाल, प्रेमबहादुर कटुवाल, राजेन्द्र भण्डारी, सल्लाहकार हरिबहादुर पाण्डे क्षेत्री, संघका अध्यक्ष भुवनसिंह गुरुङ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापा, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, वैदेशिक रोजगार व्यवसायी नेवा समाजका अध्यक्ष किसन प्रधान, वैदेशिक रोजगार व्यवसायी महिला संघकी उपाध्यक्ष तारा रेग्मी, व्यवसायी मदनकुमार महत, वैदेशिक रोजगार युवा व्यवसायी संघका अध्यक्ष सुमनराज पाण्डेलगायत हजारौं व्यवसायीहरूको उपस्थिती थियो।

संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले सरकारले “जानी–नजानी सिन्डिकेटको जालझेलमा फस्दै गएको” आरोप लगाउँदै भने, “परराष्ट्र मन्त्रालयले समस्या समाधान गर्न नसक्नु कूटनीतिक असफलता हो।”

मलेसियाको विदेश मन्त्रालयले हालै नेपाली राजदूतावासलाई पठाएको पत्रमा नयाँ मापदण्ड तोकेपछि व्यवसायीहरू आन्दोलित बनेका हुन्। उक्त मापदण्ड अनुसार —

सूचीकरणका लागि म्यानपावर कम्पनीले कम्तीमा पाँच वर्ष लाइसेन्स लिएको हुनुपर्ने,

सो अवधिमा कम्तीमा तीन देशमा तीन हजार कामदार पठाएको हुनुपर्ने,

र कम्पनीको कार्यालय कम्तीमा १० हजार वर्गफुट क्षेत्रफलमा रहेको हुनुपर्ने सर्त तोकिएको छ।

व्यवसायीहरूका अनुसार यी मापदण्डहरू केही निश्चित कम्पनीलाई मात्र फाइदा पुर्‍याउने गरी ल्याइएका हुन्, जसले वैदेशिक रोजगारीमा सिन्डिकेट कायम गर्ने खतरा बढाएको छ।

संघले सरकारसँग तत्काल पहल गर्न र मलेसियासँग कूटनीतिक स्तरमा छलफल गरी निष्पक्ष र खुला प्रतिस्पर्धा सुनिश्चित गर्न माग गरेको छ। अन्यथा, संघले देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]