२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

करार कर्मचारीहरूको सेवा सम्झौता रद्द

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ३०, २०८२

काठमाडौँ । करार कर्मचारीको सेवा सम्झौता रद्द गरिएको छ । गुठिचौर गाउँपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको हो ।

संघीय सरकारको निर्देशनपछि २९ गतेदेखि लागु हुने गरी जुम्लाका गुठिचौर गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, नेपाल सरकार प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी तथा कर्मचारी राख्न नपाउने भनी गरिएको निर्णय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालयको परिपत्रका साथै गुठिचौर गाउँपालिका गाउँ कार्यपालिकाको २०८२ असोज २८ गतेको निर्णय बमोजिम र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा ८ मा व्यवस्थामा रहेको बाहेक अन्य अस्थायी, करार र ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको २०८२ असोज २९ गते देखि लागु हुने गरी म्याद थप तथा करार सम्झौता रद्द गरेको छ ।

आफूसँग रहेका कार्यालयका जिन्सी तथा अन्य सामग्रीहरू कार्यालयमा बुझाउन गाउँपालिकाले अनुरोधसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]