२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन हाललाई स्थगन

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आश्विन २०, २०८२

काठमाडौँ। निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ ।

आयोगले यही असोज १९ गतेको निर्णयानुसार पूर्वप्रकाशित निर्वाचन कार्यक्रमबमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम कात्तिक १७ का लागि तोकिएको उपनिर्वाचन गत भदौ २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनबाट ‘कफ्र्यू’ आदेश जारी भई पूर्वनिर्धारित निर्वाचन कार्यतालिकाबमोजिमका कार्यक्रम कार्यान्वयनमा समेत असर परेकाले अर्को निर्वाचन कार्यक्रमपछि प्रकाशन गर्नेगरी स्थगन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तले आइतबार नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हालगायतसँग प्रतिनिधिसभाको आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीका विषयमा छलफल गरेका थिए।

छलफलमा आयोगले आफ्नो तयारी र कामकारबाहीबारे अवगत गराएको थियो भने सरकारका तर्फबाट निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्ने विषयमा आवश्यक पर्ने स्रोतसाधन, शान्तिसुरक्षाको भरपर्दो व्यवस्थासहितको सहयोग उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]