०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

सरकार

महिलालाई राजनीति गर्न कठिन छ : ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले महिलालाई राजनीति गर्न कठिन हुने गरेको बताएकी छिन्। सोमबार वीरेन्द्रनगरमा भएको कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले यस्तो बताएकी हुन्। सञ्चारिका समूह कर्णाली प्रदेशको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा नगरप्रमुख ढकालले महिलाहरुलाई राजनीति मात्र नभएर अन्य जुनसुकै क्षेत्र […]

सुर्खेत । कोशेली घर तथा कृषि उपज बिक्रेताहरूलाई क्युआर कोड तयारी तथा प्रयोग सम्बन्धि क्षमता अभिवृद्धि तालिमको सुरु भएको छ। सोमबारदेखि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा तालिम सञ्चालन भएको हो। उक्त तालिममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कर्णाली प्राङ्गारिक कृषिका सम्भावना, कर्णालीको बजार प्रतिस्पर्धा रणनीति, हालसम्म प्रयोग […]

सुर्खेत । कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाहले राष्ट्रिय धान दिवसको शुभकामना दिएका छन्। मन्त्री शाहले शनिबार २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१को शुभकामना दिएका हुन्। मन्त्री शाहले जारी गरेको शुभकामना सन्देशमा नेपालको प्रमुख खाद्यन्न बाली धान भएको र जसले खाद्य सुरक्षामा महत्वपूर्ण स्थान ‌ओगटेकोका धान बालीले […]

सुर्खेत । कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले मन्त्रालयका प्रवक्ताहरुसँग बैठक गरेका छन्। कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पाएसँगै मन्त्री शाहले शुक्रबार ८ वटै मन्त्रालयका प्रवक्ताहरुसँग बैठक बसेका हुन्। मन्त्री शाहको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेश सरकारले गरेका गतिबिधिहरुको प्रचारप्रसार, प्रवक्ताहरुबीचको समन्वय तथा सहकार्य लगायतका विषयमा छलफल […]

सिरोहियालाई कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञानेद्रपथको अनुसरण गरेको टिप्पणी गरेका छन्। सिरोहियालाई नागरिकताबारे धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो। ‘जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन,’ उनले सामाजिक […]

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितकाे टाेलीले सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेशनकाे कार्यालयबाट मंगलबार साँझ पक्राउ गरेकाे हाे। दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेकाे थियाे। साेही पक्राउ पुर्जीकाे आधारमा उनलाई प्रहरीले पक्राउ गरेकाे हाे। यता, सिरोहियाले आफ्नो पक्राउ […]

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रसारण लाइन र सबस्टेसन निर्माणमा नेपालले अर्को महत्वपूर्ण फड्को मारेको बताएका छन्। आइतबार मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशभित्र जलविद्युत उत्पादन, प्रसारण र वितरण गर्ने आयोजनाहरूको कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको बताएका हुन्। यी आयोजना निर्माणसँगै देशको […]

काठमाडाैं । इलाम- २ काे उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। लिम्बुले मतदान गर्न जाँदा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएर आचारसंहिता उल्लङ्घन भएको हो। उनले कोटबाहिर स्पष्ट देखिने गरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन्। उनीविरुद्ध उजुरी […]

सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश धरौटीमा रिहा भएलगत्तै रुपन्देही प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपेश पुनलाई सीआईबीको कार्यालयमा उपस्थिति गराउन पत्राचार गरेकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सीआईबीको समन्वयमा उनलाई कसरी उपस्थिति गराउने भन्नेबारे टुंगो लाग्ने प्रहरीले जनाएको छ । उनी […]