काठमाडौं । कतारका अमिर शेखर तमिम विन हमाद अल थानीको भ्रमणका अवसरमा दुई देशबीच दुईवटा सम्झौता र ६ वटा समझदारी भएका छन् । राष्ट्रिय समाचार समिति र कतार समाचार समितिबीच समाचार आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । यसैगरी सरकारी स्तरमा कला तथा संस्कृति, शिक्षा, युवा तथा खेलकुद, कानुनी निकायबीच सहकार्य र कूटनीतिक तालिमसम्बन्धी समझदारी […]
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्धिपक्षीय भेटवार्ता गरेका छन् । उनीहरुबीचको भेट काठमाडौंस्थित सोल्टी होटलमा भएको हो । अमिर थानी र प्रधानमन्त्री प्रचण्डबीच वान टु वान वार्ता चलिरहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए ।
नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ। कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तापछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा […]
सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ दलहरूबिच मन्त्रालय भागबण्डा टुङ्गिएको छ । मंगलबार मुख्यमन्त्री यामलाल कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भएको छलफल पछि मन्त्रालय भागबण्डाको विषय टुङ्गिएको हो । जस अनुसार सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास […]
इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका कतारी शेख तमिम बिन हमाद अल थानीसँग शीतलनिवासमा भएको औपचारिक भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले उनलाई विपिन जोशीबारे कुरा उठाएका थिए। सो क्रममा कतारी शेखले कतारले जोशीको खोजी तथा रिहाइको लागि […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच सोमबार भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायीमार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् […]
काठमाडौं । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको बिदाई र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिृकतमाथिका अधिकांश कर्मचारी स्वागत तथा बिदाइमा सहभागी थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले मरासिनीलाई अर्थमा […]
सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण […]
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो । ‘तत्कालीन जिविसले सुरु गरेको योजनाले निरन्तरता नपाएको र […]
सुर्खेत । चीनको करिब दुई अर्ब ५० करोड लागतमा दैलेखमा पेट्रोलियम अन्वेषणको काम हुँदैछ । दैलेखमा सुरु हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम सुरु गरिएको छ । जलजले आइपुगेका एक सय २० ट्रकमा आएका सामानहरूको व्यवस्थापनसँगै रिग हाउस निर्माण थालिएको हो । रुपैडिया नाकाबाट आउनुपर्ने एक सय ५० ट्रकहरूमध्ये एक सय […]