२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

कर्णाली सरकारका प्रवक्ता र मन्त्रालयका प्रवक्ताहरुबीच बैठक

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, आषाढ १५, २०८१

सुर्खेत । कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले मन्त्रालयका प्रवक्ताहरुसँग बैठक गरेका छन्। कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पाएसँगै मन्त्री शाहले शुक्रबार ८ वटै मन्त्रालयका प्रवक्ताहरुसँग बैठक बसेका हुन्।

मन्त्री शाहको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेश सरकारले गरेका गतिबिधिहरुको प्रचारप्रसार, प्रवक्ताहरुबीचको समन्वय तथा सहकार्य लगायतका विषयमा छलफल भएका छन्।
यस्तै, उक्त बैठकमा मन्त्री शाहले मन्त्रिपरिषद् बाहेक प्रत्येक मन्त्रालयमा भएका मुख्यमुख्य निर्णयहरु प्रवक्ताहरुले आफुलाई जानकारी गराउनुपर्ने बताए।

साथै कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु मासिक रुपमा प्रकाशन गर्ने प्रवक्ताहरुबीचको बैठकले निर्णय गरेको छ।

प्रवक्ताहरुको बैठमा मन्त्री शाहले संघीयता व्यवस्थापछि जसरी प्रदेश सरकारले आफ्नो क्षेत्रमा विकास गर्नुपर्ने त्यो तरिकाले कामहरु नभएको बताए।

उनले भने, ‘संघीय व्यवस्था अनुसार प्रदेश सरकारको विकासले तिब्रता लिन नसके पनि सरकारले राम्रा कामहरु प्नि गरेको छ। तर, ती कामहरुको प्रचारप्रसार नहुँदा जनताहरु सुसुचित हुनबाट बचेका छन्। त्यसैले सरकारले गरेका कामहरु बाहिर ल्याउनमा सरकार तथा मन्त्रालयका प्रवक्ताहरुको भूमिका महत्वपूर्ण हुनजान्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]