२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

कर्णालीका कृषिमन्त्री शाहद्धारा राष्ट्रिय धान दिवसको शुभकामना

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आषाढ १६, २०८१

सुर्खेत । कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाहले राष्ट्रिय धान दिवसको शुभकामना दिएका छन्। मन्त्री शाहले शनिबार २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१को शुभकामना दिएका हुन्।

मन्त्री शाहले जारी गरेको शुभकामना सन्देशमा नेपालको प्रमुख खाद्यन्न बाली धान भएको र जसले खाद्य सुरक्षामा महत्वपूर्ण स्थान ‌ओगटेकोका धान बालीले आर्थिक, साँस्कृतिक र धार्मिक महत्व राखेको बताएका छन्।

उनले लेखेका छन्, धानको उत्पादन वृद्धि, आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने गरिएको छ । यसै सन्दर्भमा यस वर्ष ूजलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धिू भन्ने नाराका साथ २१औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०८१ विभिन्न कार्यक्रमहरु सहित मनाउन लागिएको छ।

यस्तै, शाहले जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार(प्रसार गरी तिनको अवलम्बन गर्न कृषक पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने उल्लेख गरेका छन्।

साथै उनले प्रत्येक वर्ष असार १५ को दिनलाई नेपालमा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन र हिलो अनि हरियालीका साथ असार महिनालाई मानो रोपेर, मुरी उब्जाउनेु महिनाको रूपमा समेत लिने गरिएको बताए।

साथै रोपाई जात्रा, हिलो खेल्ने, दही चिउरा खाने जस्ता नामले मनाउने परम्परा रहि आएको छ।

यस्तै, मन्त्री शाहका अनुसार कर्णाली प्रदेशमा कुल ४१,९०४ हेक्टर जमिनबाट करिब १,४५,०६३ मेक्टिटन धान उत्पादन हुँदै आएको र धान बालीको उत्पादन तथा उत्पादकत्व बृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडी बढेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]