०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

कर्णालीका कृषिमन्त्री शाहद्धारा राष्ट्रिय धान दिवसको शुभकामना

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आषाढ १६, २०८१

सुर्खेत । कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाहले राष्ट्रिय धान दिवसको शुभकामना दिएका छन्। मन्त्री शाहले शनिबार २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१को शुभकामना दिएका हुन्।

मन्त्री शाहले जारी गरेको शुभकामना सन्देशमा नेपालको प्रमुख खाद्यन्न बाली धान भएको र जसले खाद्य सुरक्षामा महत्वपूर्ण स्थान ‌ओगटेकोका धान बालीले आर्थिक, साँस्कृतिक र धार्मिक महत्व राखेको बताएका छन्।

उनले लेखेका छन्, धानको उत्पादन वृद्धि, आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने गरिएको छ । यसै सन्दर्भमा यस वर्ष ूजलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धिू भन्ने नाराका साथ २१औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०८१ विभिन्न कार्यक्रमहरु सहित मनाउन लागिएको छ।

यस्तै, शाहले जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार(प्रसार गरी तिनको अवलम्बन गर्न कृषक पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने उल्लेख गरेका छन्।

साथै उनले प्रत्येक वर्ष असार १५ को दिनलाई नेपालमा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन र हिलो अनि हरियालीका साथ असार महिनालाई मानो रोपेर, मुरी उब्जाउनेु महिनाको रूपमा समेत लिने गरिएको बताए।

साथै रोपाई जात्रा, हिलो खेल्ने, दही चिउरा खाने जस्ता नामले मनाउने परम्परा रहि आएको छ।

यस्तै, मन्त्री शाहका अनुसार कर्णाली प्रदेशमा कुल ४१,९०४ हेक्टर जमिनबाट करिब १,४५,०६३ मेक्टिटन धान उत्पादन हुँदै आएको र धान बालीको उत्पादन तथा उत्पादकत्व बृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडी बढेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]