०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

पुर्व उपराष्ट्रपतिका छोरा दीपेश धरौटी बुझाएर रिहा भएलगत्तै पुन: पक्राउ

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, बैशाख १४, २०८१

सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश धरौटीमा रिहा भएलगत्तै रुपन्देही प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपेश पुनलाई सीआईबीको कार्यालयमा उपस्थिति गराउन पत्राचार गरेकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सीआईबीको समन्वयमा उनलाई कसरी उपस्थिति गराउने भन्नेबारे टुंगो लाग्ने प्रहरीले जनाएको छ । उनी अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।

६० किलो सुन प्रकरण मुद्दामा दीपेश सीआईबीको अनुसन्धानको दायरामा थिए । राजनीतिक आडमा सामान्य बयान मात्र लिएर उन्मुक्ति पाएका उनलाई पुनः नियन्त्रणमा लिएको छ । सुन प्रकरणका प्रतिवादी बेल्जियन नागरिक दावा छिरिङसँग दीपेशको सम्बन्ध देखिए पनि प्रतिवादी बनाइएन ।

जिल्ला अदालत रुपन्देहीमा शुक्रबार चार लाख रुपैयाँ धरौटी बुझाएलगत्तै अदालत परिसरबाटै दीपेशलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सुप्रिम सहकारी ठगी मुद्दामा वैशाख ७ गते न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले पक्राउ परेका सातमध्ये ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।

सहकारीका अध्यक्षलाई भने थुनामा राख्ने आदेश थियो । चार प्रतिवादी सोही दिनै धरौटी रकम बुभाएर रिहा भएका थिए । सहकारीका कर्मचारी नवीन अछामीले त्यहीदिन धरौटी रकम जम्मा गर्न नसकेपछि ९ गते मात्र रिहा भए । तर, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले सात दिनसम्म चार लाख धरौटी नबुझाएपछि जिल्ला कारागारमा थुनामा थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]