२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

महिलालाई राजनीति गर्न कठिन छ : ढकाल

Logo
जनक दशौंदी प्रकाशित मंगलबार, आषाढ १९, २०८१

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले महिलालाई राजनीति गर्न कठिन हुने गरेको बताएकी छिन्। सोमबार वीरेन्द्रनगरमा भएको कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले यस्तो बताएकी हुन्।

सञ्चारिका समूह कर्णाली प्रदेशको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा नगरप्रमुख ढकालले महिलाहरुलाई राजनीति मात्र नभएर अन्य जुनसुकै क्षेत्र जान दुःख गर्नुपर्ने बताइन्।

नगरप्रमुख ढकालले भनिन्, ‘राजनीतिमा सफल हुन हाम्रो लक्ष्य के हो? त्यसलाई हामीले मध्यनजर गरेर अघि बढन आवश्यक छ। अहिलेको समयमा जुनसुकै क्षेत्रमा महिलाको सक्रियता बढेको भएता पनि धेरैनै हिंसा बोक्नु परेको छ।’

यस्तै, नगरप्रमुख ढकालले आफुसँग भएको आत्मविश्वासलाई बोकेर अघि बढेपछि जस्तो सुकै काम र प्रस्पिार्धा गर्न सकिने बताइन्।

ढकालले कार्यस्थलमा हुने हिंसाको न्युनिकरण गर्नका लागि आ–आफ्नो तर्फबाट राम्रो सोचको विकास गर्न सकेपछि हिंसा अन्त्य हुने दाबी गरिन्।

यस्तै, सोमबारबाट सुरु भएको उक्त तामिल असार १८ गते पनि सञ्चालन हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]