०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

महिलालाई राजनीति गर्न कठिन छ : ढकाल

Logo
जनक दशौंदी प्रकाशित मंगलबार, आषाढ १९, २०८१

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले महिलालाई राजनीति गर्न कठिन हुने गरेको बताएकी छिन्। सोमबार वीरेन्द्रनगरमा भएको कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले यस्तो बताएकी हुन्।

सञ्चारिका समूह कर्णाली प्रदेशको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा नगरप्रमुख ढकालले महिलाहरुलाई राजनीति मात्र नभएर अन्य जुनसुकै क्षेत्र जान दुःख गर्नुपर्ने बताइन्।

नगरप्रमुख ढकालले भनिन्, ‘राजनीतिमा सफल हुन हाम्रो लक्ष्य के हो? त्यसलाई हामीले मध्यनजर गरेर अघि बढन आवश्यक छ। अहिलेको समयमा जुनसुकै क्षेत्रमा महिलाको सक्रियता बढेको भएता पनि धेरैनै हिंसा बोक्नु परेको छ।’

यस्तै, नगरप्रमुख ढकालले आफुसँग भएको आत्मविश्वासलाई बोकेर अघि बढेपछि जस्तो सुकै काम र प्रस्पिार्धा गर्न सकिने बताइन्।

ढकालले कार्यस्थलमा हुने हिंसाको न्युनिकरण गर्नका लागि आ–आफ्नो तर्फबाट राम्रो सोचको विकास गर्न सकेपछि हिंसा अन्त्य हुने दाबी गरिन्।

यस्तै, सोमबारबाट सुरु भएको उक्त तामिल असार १८ गते पनि सञ्चालन हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]