०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

प्रधानमन्त्री प्रचण्डले गरे २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख १६, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रसारण लाइन र सबस्टेसन निर्माणमा नेपालले अर्को महत्वपूर्ण फड्को मारेको बताएका छन्।

आइतबार मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशभित्र जलविद्युत उत्पादन, प्रसारण र वितरण गर्ने आयोजनाहरूको कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको बताएका हुन्।

यी आयोजना निर्माणसँगै देशको सबैभन्दा बढी विद्युत माग हुने काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सहज हुने उनले बताए।

‘उपत्यकाको विद्युत आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित मात्रै भएको छैन। देशको एकीकृत विद्युत प्रणाली थप सुदृढ बनाउन पनि महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने।

मर्स्याङ्दी र त्रिशुली जलाधार क्षेत्रमा जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि मातातीर्थ सबभन्दा ठूलो हब बनेको प्रधानमन्त्री प्रचण्डले बताए।

‘विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको यहाँहरू सबैलाई अवगत नै छ। लोडसेडिङ अन्त्यसँगै नियमित रूपमा विद्युत आपूर्ति हुन थालेपछि देशको समग्र अर्थतन्त्रमा ज्यादै ठूलो सकारात्मक परिवर्तन हुन थालेको छ,’ उनले थपे।

विद्युत आपूर्ति सहज भएसँगै उद्योगहरूको उत्पादन क्षमता बढ्दै गएको उनले दाबी गरे।

‘वर्षा याममा ६ महिना छिमेकी मुलुक भारततफ विद्युत निर्यात सुरू गरिएको छ। अझै पनि केही वर्ष हिउँद याममा देखिने आन्तरिक विद्युत उत्पादन र मागबीचको आपूर्ति असन्तुलनको खाडल पूरा गर्न विद्युत आयात गर्नु परे पनि यस वर्षबाट विद्युतको खुद निर्यातकर्ता बन्ने अवस्था तयार भएको छ,’ उनले भने।

नेपालमा लगानीका लागि सबैभन्दा उपयुक्त क्षेत्र जलविद्युत क्षेत्र रहेको दाबी गर्दै प्रचण्डले यो क्षेत्रको विकासका लागि सरकारले लिएको लगानीमैत्री नीतिका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको जिकिर गरे।

‘आजैबाट सुरू भएको लगानी सम्मेलनमा भएको विदेशी लगानीकर्ताहरूको सहभागिताले समेत यो तथ्यलाई पुष्टि गरेको छ,’ उनले भने।

सरकारले देशभित्र विद्युत खपत बढाउन र विद्युतको उपक्षेत्रीय तथा क्षेत्रीय बजार विस्तारका लागि पूर्वपश्चिम र उत्तर दक्षिण जोड्ने गरी उच्च क्षमताका प्रसारण लाइन निर्माण योजनाबद्ध रूपमा अगाडि बढाइरहेको पनि उनले जानकारी दिए।

‘अहिले देशका डाँडाकाँडामा प्रसारण लाइन र नदी तथा खोलानालामा जलविद्युत आयोजनाहरूको निर्माण उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। यस्ता आयोजनाहरूको निर्माणले एकातर्फ राष्ट्रिय आत्मनिर्भरता बढाइरहेका छन् भने अर्कोतर्फ देश विकासको मूल स्रोत जलस्रोत नै हो भन्ने मान्यतालाई पनि विस्थापित गराउँदै लगेको छ,’ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]