०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

कृषि उपज बिक्रेताहरूलाई क्युआर कोड सम्बन्धि तालिम

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आषाढ १९, २०८१

सुर्खेत । कोशेली घर तथा कृषि उपज बिक्रेताहरूलाई क्युआर कोड तयारी तथा प्रयोग सम्बन्धि क्षमता अभिवृद्धि तालिमको सुरु भएको छ। सोमबारदेखि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा तालिम सञ्चालन भएको हो।

उक्त तालिममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कर्णाली प्राङ्गारिक कृषिका सम्भावना, कर्णालीको बजार प्रतिस्पर्धा रणनीति, हालसम्म प्रयोग भएको कर्णाली किसानको सम्पदा मुल्यावान लोगो लगायतका विषयमा जानकारी गराएका थिए।

यस्तै, तालिमको उद्घाटनसत्रमा बोल्दै मन्त्रालयका प्रदेश सचिव टिकाराम थापाले किसानहरुले आफुसँग जे उत्पादन भएको छ त्यहीँ बस्तुको विक्री वितरण गर्नुपर्ने बताए।

सचिव थापाले कर्णालीको रैथाने कृषि बस्तु हो, जल, जंगल, जटिबुटी भएकोले किसानले उत्पादन गरेका बस्तुहरुको प्रचारप्रसारसँगै उत्पादनलाई व्यवस्थित गरेर विक्रि वितरण गर्नमा व्यापारीको ठुलो हात हुने दाबी गरे।

यस्तै, उद्घाटन सत्रमा बोल्दै भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले शरीरलाई उर्जा प्राप्त गर्नका लागि सेवन गरिने उत्पादित कृषि बस्तुहरु गुणस्तरीय हुनुपर्ने बताए।
मन्त्री शाहले भने, ‘प्रकृतिले दिएको बरदानमाथि हामीले प्रयोग गर्न सक्नुपर्छ। पुरानो तरिकाले नभएर हिजोआज किसानहरु पनि प्राविधिक कृषि पेसामा अगाडि बढेका देखिन्छ। कृषिको इतिहासले मात्रै हुँदैन्, वास्तविक अर्गानिक बस्तुको उत्पादन गर्नुपर्ने आजको आवश्यकता हो।’

मन्त्री शाहले कृषि उपज बिक्रेताहरूले बजारमा कस्तो बस्तुको आवश्यकता छ त्यस सम्बन्धि जानकारी लिनुपर्ने बताए। साथै मन्त्री शाहले कर्णाली प्रदेशका १० जिल्ला मध्ये सल्यान जिल्ला कृषि उत्पादनमा अग्रसर रहेको दाबी गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]