२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

कृषि उपज बिक्रेताहरूलाई क्युआर कोड सम्बन्धि तालिम

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आषाढ १९, २०८१

सुर्खेत । कोशेली घर तथा कृषि उपज बिक्रेताहरूलाई क्युआर कोड तयारी तथा प्रयोग सम्बन्धि क्षमता अभिवृद्धि तालिमको सुरु भएको छ। सोमबारदेखि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा तालिम सञ्चालन भएको हो।

उक्त तालिममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कर्णाली प्राङ्गारिक कृषिका सम्भावना, कर्णालीको बजार प्रतिस्पर्धा रणनीति, हालसम्म प्रयोग भएको कर्णाली किसानको सम्पदा मुल्यावान लोगो लगायतका विषयमा जानकारी गराएका थिए।

यस्तै, तालिमको उद्घाटनसत्रमा बोल्दै मन्त्रालयका प्रदेश सचिव टिकाराम थापाले किसानहरुले आफुसँग जे उत्पादन भएको छ त्यहीँ बस्तुको विक्री वितरण गर्नुपर्ने बताए।

सचिव थापाले कर्णालीको रैथाने कृषि बस्तु हो, जल, जंगल, जटिबुटी भएकोले किसानले उत्पादन गरेका बस्तुहरुको प्रचारप्रसारसँगै उत्पादनलाई व्यवस्थित गरेर विक्रि वितरण गर्नमा व्यापारीको ठुलो हात हुने दाबी गरे।

यस्तै, उद्घाटन सत्रमा बोल्दै भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले शरीरलाई उर्जा प्राप्त गर्नका लागि सेवन गरिने उत्पादित कृषि बस्तुहरु गुणस्तरीय हुनुपर्ने बताए।
मन्त्री शाहले भने, ‘प्रकृतिले दिएको बरदानमाथि हामीले प्रयोग गर्न सक्नुपर्छ। पुरानो तरिकाले नभएर हिजोआज किसानहरु पनि प्राविधिक कृषि पेसामा अगाडि बढेका देखिन्छ। कृषिको इतिहासले मात्रै हुँदैन्, वास्तविक अर्गानिक बस्तुको उत्पादन गर्नुपर्ने आजको आवश्यकता हो।’

मन्त्री शाहले कृषि उपज बिक्रेताहरूले बजारमा कस्तो बस्तुको आवश्यकता छ त्यस सम्बन्धि जानकारी लिनुपर्ने बताए। साथै मन्त्री शाहले कर्णाली प्रदेशका १० जिल्ला मध्ये सल्यान जिल्ला कृषि उत्पादनमा अग्रसर रहेको दाबी गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]