२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सरकार

चुनावी तयारीबारे दल–सरकार–सुरक्षा निकाय र आयोगबीच छलफल : सुरक्षा ब्रिफिङमा दलहरू पूर्ण आश्वस्त देखिएनन्

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]

जेनजी आन्दोलनको जगमा बनेको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन मिति तोकेको छ। निर्वाचनका लागि सक्रिय हुनुपर्ने दलहरू अझै सुस्त छन्। सल्यानमा पनि यस्तै अवस्था छ। निर्वाचनलक्षित दलीय गतिविधि शून्य जस्तै छ। जिल्ला निर्वाचन कार्यालय सल्यानले मतदाता नामावली संकलन र अध्यावधिकसम्बन्धी काम सकेको छ। धेरैजसो दल आन्तरिक संगठन सुदृढीकरण, अधिवेशन तयारी जस्ता […]

काठमाडौं । जेनजी प्रदर्शनका बेला ‘तिब्बतियन ओरिजिनल ब्लड (टीओबी)’ लेखिएको टिसर्ट लगाए र मोटरसाइकल पड्काउँदै प्रवेश गर्ने समूह वास्तवमा बाइक राइडका लागि मात्रै गठन भएको प्रहरी अनुसन्धानले खुलाएको छ। भदौ २३ मा बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनलाई अराजक बनाएको आरोपमा पक्राउ परेका तेन्जिन दावा लामा टीओबी समूहका अध्यक्ष रहेको पनि प्रहरीले पुष्टि गरेको छ। बाइक […]

प्रधानमन्त्री सचिवालयमा ‘नातावाद’ विवादः प्रमुख स्वकीय सचिवले पत्नी सहित चार नातेदार नियुक्ति गरेको खुलास प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै श्रीमती तथा अन्य नातेदारलाई नियुक्त गरेको तथ्य सार्वजनिक भएको छ। गत असोज २ गते सचिवालयमा स्वकीय सहसचिव पदमा नियुक्त संगीता श्रेष्ठ आदर्शकै पत्नी भएको पुष्टि भएको हो। आदर्श श्रेष्ठले संगीता […]

मलेसियाको रोजगारीमा बढ्दै गएको सिन्डिकेट प्रणाली विरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार राजधानीमा विशाल विरोध कार्यक्रम सम्पन्न गरेको छ। संघका सदस्यहरूले हात र निधारमा कालोपट्टी बाँध्दै ‘No Syndicate’ लेखिएको व्यानरसहित अनुपम फुडल्यान्ड, बत्तीसपुतलीमा भेला आयोजना गरेका हुन्। भेलामा सहभागी व्यवसायीहरूले मलेसियाको रोजगारीमा देखिएको सिन्डिकेट स्वीकार्य नहुने चेतावनी दिँदै, आवश्यक परेमा सरकारविरुद्ध आन्दोलनको आँधीबेरी ल्याउने […]

सर्वोच्च अदालतको अन्तरिम आदेशले पनि ११ देशमा खटिएका नेपाली राजदूतहरूलाई पदबाट जोगाउन सकेन। सरकारले सोमबार पुनः निर्णय गर्दै ती सबै राजदूतलाई परराष्ट्र मन्त्रालयमा फिर्ता बोलाएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव सुरेन्द्रकुमार यादवद्वारा पठाइएको पत्रमा भनिएको छ,“महामहिमज्यूलाई अर्को व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी नेपाल बोलाउने मिति २०८२/७/१७ मा निर्णय भएको बेहोरा जानकारी एवं […]

काठमाडौं । वर्षौँदेखि विवादित भिजिट भिसामा विदेश भ्रमण प्रक्रिया अब सरल र सहज बन्ने भएको छ। सरकारले अध्यागमन कार्यविधि संशोधन गरी पासपोर्ट, भिसा र टिकट मात्र हेर्ने तीनबुँदे व्यवस्था लागू गर्न तयारी गरेको हो। अध्यागमन विभागले अध्यागमन कार्यविधि, २०६५ संशोधन गर्दै झन्झटमुक्त प्रणाली कार्यान्वयनको प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेको छ। मन्त्रालयले सरोकारवालासँग छलफल गरी छिट्टै स्वीकृति […]

काठमाडौं । मलेसिया सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका म्यानपावर कम्पनीहरूका लागि नयाँ १० वटा मापदण्ड तोकेको छ। ती मापदण्ड पूरा गर्ने कम्पनीहरूले मात्र मलेसियामा कामदार पठाउन पाउनेछन्। मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पत्राचार गर्दै सो मापदण्डबारे जानकारी गराएको छ। दूतावासले पनि उक्त जानकारी नेपाल सरकारलाई पठाइसकेको बताइएको छ। मलेसियाको मानव […]

वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू बैठकमा सहभागी थिए । करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको […]

काठमाडौँ । करार कर्मचारीको सेवा सम्झौता रद्द गरिएको छ । गुठिचौर गाउँपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको हो । संघीय सरकारको निर्देशनपछि २९ गतेदेखि लागु हुने गरी जुम्लाका गुठिचौर गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, नेपाल सरकार प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी […]