१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

नेपालबाट इजरायलले २ हजार ३ सय कामदार लैजाने, कतिछ शैक्षिक योग्यता ?

Logo
मनाेज दशाैंदी प्रकाशित बुधबार, जेठ १३, २०८३

नेपालबाट इजरायलले २ हजार ३ सय कामदार लैजाने भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारका रूपमा २ हजार ३ सय नेपाली कामदार लैजाने गरी वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको छ ।
कुल माग सङ्ख्यामध्ये ४० प्रतिशत पुरुष र ६० प्रतिशत महिला कामदारका लागि कोटा निर्धारण गरिएको छ । योग्य नेपाली नागरिकले विभागको अनलाइन वेब पोर्टलबाट आवेदन दिन सक्नेछन् । अनलाइन दरखास्त पेस गर्ने प्रक्रिया आगामी २०८३ जेठ १७ गते राति १२ बजेदेखि सुरु भई २०८३ असार ७ गते राती १२ बजेसम्म खुला रहने विभागले जनाएको छ ।

सरकारी प्रक्रिया मार्फत इजरायल जान इच्छुक उम्मेदवारहरूका लागि निश्चित योग्यता तथा मापदण्डहरू तोकिएका छन् । आवेदन दिने व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । शारीरिक रूपमा कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्नेछ ।

शैक्षिक योग्यताको हकमा कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा न्यूनतम १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट केयरगिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

आवेदकले विगतमा इजरायल गई काम नगरेको र निजको बुबा, आमा, पति, पत्नी वा छोराछोरी हाल इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ । आवेदकको पासपोर्टको म्याद पनि प्रवेशाज्ञा प्रक्रिया सुरु हुँदा कम्तीमा ३ वर्ष बाँकी रहेको हुनुपर्नेछ ।

कामदारको शारीरिक र मानसिक रूपमा पूर्ण स्वस्थ हुनुपर्ने र क्षयरोग, हेपाटाइटिस, भिरिङ्गी, गोनोरिया वा एड्स जस्ता कुनै पनि जीर्ण रोगबाट ग्रसित नभएको तथा गह्रौँ सामान उचाल्न सक्ने सामर्थ्य भएको हुनुपर्ने पूर्वसर्त रहेको छ ।

अंग्रेजी भाषाको हकमा विशेष मापदण्ड तोकिएको छ । आवेदकले तोकिएको संस्थाबाट लिइएको क्याम्ब्रिज अपस्किल अंग्रेजी टेस्ट उत्तीर्ण गरेको हुनुपर्नेछ ।

फाराम भर्दा वैध प्रहरी चारित्रिक प्रमाणपत्र, पासपोर्टको स्क्यान कपी, उचाइ र तौल खुलाइएको स्व-घोषणा फाराम र गोपनीयताको मञ्जुरीनामा फाराम समेत अनलाइन प्रणालीमा अपलोड गर्नुपर्ने छ ।
छनोट भएका सहायक कामदारहरूले इजरायलका स्याहार केन्द्रहरूमा रहेका गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिहरूको हेरचाह, सरसफाइ र पोषण सम्बन्धी कार्य गर्नुपर्नेछ ।

यस पदका लागि मासिक तलब ६,४४३.८५ इजरायली मुद्रा (नेपाली २ लाख ५० हजारभन्दा धेरै) हुने छ । हप्तामा ६ दिन र प्रतिहप्ता ४२ घण्टा काम गर्नुपर्नेछ । यसमा नियमानुसार ओभर टाइमको सुविधा समेत रहनेछ । सुरुमा १ वर्षको करार अवधि रहने र यसलाई बढाएर अधिकतम ५ वर्षसम्म थप गर्न सकिने सुविधा रहेको छ ।

कामदारको मासिक पारिश्रमिकबाट आवास, खाना, स्वास्थ्य बिमा र करबापतको रकम इजरायली कानुन बमोजिम कट्टा हुनेछ । भने रोजगारदाताले कामदारको नाममा मासिक पारिश्रमिकको १२.५ प्रतिशत रकम विदेशी कामदार कोषमा जम्मा गरिदिने व्यवस्था रहेको छ । यो कोषको रकम करार अवधि समाप्त हुनासाथ इजरायल छोड्ने बेला कामदारले फिर्ता पाउनेछन् ।

हवाई भाडा, स्वास्थ्य परीक्षण, बिमा र कल्याणकारी कोष लगायतका अन्य पूर्व–प्रस्थान खर्चहरू भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । मकालु एफसी जोहोर, मलेसियाको आयोजनामा हुने दोस्रो मकालु गोल्ड कप २०२६ फुटबल प्रतियोगिताको टाइ–सिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा विभिन्न क्लबका १६ टोली सहभागी हुने भएका छन्। प्रतियोगिताका टोलीलाई पोल ‘ए’ र पोल ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ। पोल ‘ए’ मा मकालु एफसी, पुर्बेली एफसी, तामान यू एफसी, योङ थन्डर एफसी, […]

क्वालालम्पुर, मलेसिया | नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया (NEFIN Malaysia) ले ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव–२०२६ भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम २०२६ अगस्ट ९ (आइतबार) दिउँसो १२:०० बजे क्वालालम्पुरस्थित होटल हिमालयनको सभाहल मा आयोजना हुने आयोजकले जनाएको छ। यस वर्षको विश्व आदिवासी दिवसको अन्तर्राष्ट्रिय नारा “आदिवासी र कृत्रिम बौद्धिकता (AI): अधिकारको रक्षा, […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]