२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

समाज

जाजरकोटमा तत्काल २ बेलिब्रिज बन्ने

सुर्खेत । जाजरकोटका २ स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । नलगाड नगरपालिका-५ र बारेकोट गाउँपालिका-८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका-१२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो। यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझ्नु भएको छ । […]

सुर्खेत । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा पुस्तक हस्तान्तरण गरिएको छ। चौतारीको स्थापना दिवसका अवसरमा सोमबार कारागार कार्यालय सुर्खेतलाई पुस्तक वितरण गरिएको हो। प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश र सुर्खेत समितिको संयुक्त आयोजना कारागार कार्यालय ९बन्दी सुधार गृह० सुर्खेतमा पुस्तक वितरण गरिएको चौतारीका सुर्खेत अध्यक्ष गोविन्द्र खत्रीले जानकारी दिए। अध्यक्ष खत्रीका अनुसार […]

मुगु : आइतबार राती खत्याड गाउँपालिका-२ गाँडेखोलामा एक घरमा आगलागी हुँदा आमासँगै सुतिरहेका दाजु- बहिनीको मृत्यु भएको छ। आगोमा जलेर स्थानीय लालु सञ्जयालकी १२ वर्षीया छोरी झरना र १४ वर्षीय छोरा विशालको ज्यान गएको हो। बेलुका खाना खाइ उनीहरू सुत्न गएका थिए। राती २ बजेतिर घरभित्र एक्कासी आगो दनदनी बल्यो। त्यो कुरा विशालले चाल पाए। […]

सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका–१ मटेलामा दुई दिने स–शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको छ। (माघ २१ र २२) गते आइतबार र सोमबार दुई दिन शिविर सञ्चालन हुने भएको हो। कोहलपुर डेण्टल हस्पिटल बाँकेको आयोजनामा उक्त शिविर सञ्चालन भएको हो। कोहलपुर हस्पिटलका सञ्चालक गजेन्द्रबहादुर शाहीले मटेलामा आज र भोली गरि दुई दिन विशेषज्ञ स्वास्थ्य शिविर […]

धनगढीः सरकारलाई दवाब स्वरुप सिमानामा काँडेतार लगाउन भन्दै धनगढीमा हस्ताक्षर अभियान सुरु गरिएको छ। राष्ट्रवादी चलचित्र काँडेतारको च्यारिटी शोमा आज (शनिवार) हस्ताक्षर संकलन गरिएको हो। भारतको सिमा विस्तारवादलाई रोक्न नेपाली भूमिमा काँडेतार लागाउनु पर्ने भन्दै काँडेतार चलचित्रको टिमले धनगढीमा हस्ताक्षर संकलन गरेको हो। भारतले गरिहेको नेपाली भूमि अतिक्रमण रोक्न सरकारलाई दवाब स्वरुप काँडेतार चलचित्रको च्यारिटी […]

सुर्खेत । यातायात क्षेत्रमा सिण्डिकेटका विषयमा सुर्खेतमा शनिबार दुई यातायात व्यवसायीबिच झडप भएको छ। उक्त झडपबाट दुइ जना घाइते समेत भएका छन्। ११ यातायात प्रालि मिलेर बनेको संयूक्त यातायात प्रालिका कर्मचारीले केही भिजिट कर्णाली यातायात प्रालिका दुई जना कर्मचारी माथि सांघातिक हमाला गरेका हुन्। सुर्खेतको वीरेन्द्रनगर–१०, बुलबुलेस्थित प्रालिको टिकट काउण्टरमा पुगेका संयूक्त यातायातका केही व्यक्तिले […]

सुदूरपश्चिममा घरमा श्रीमती हुँदाहुँदै ८० पुरुषले दोस्रो (अर्की) श्रीमती भित्र्याएको पाइएको छ। २०८० असार मसान्तसम्म घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै पीडित प्रहरी हुँदै अदालतसम्म पुगेका छन्। घरकी श्रीमतीलाई बेवास्ता गर्दै दोस्रो विवाह गर्ने श्रीमान विरुद्ध पीडित महिला न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेका हुन्। घरमा श्रीमती हुँदाहुँदै अर्कीलाई भित्र्याएको भन्दै पीडित महिलाले कारबाहीको […]

सुर्खेत । सुर्खेतकाे पञ्चपुरी नगरपालिका–६ का मनिराम बयक गत पुष १९ गते भिरबाट लडेर घाइते भई थला परेको हुँदा उपचारका लागि सहयोग गरीदिन परिवारले आग्रह गरेका छन्। उनको फोक्सो र कलेजमा चोट लागि हिडडुल गर्न नसकी थला परेका हुन्। उनको मुटु र कलेजमा गहिरो चोट परि अचेत अवस्थामा रहेको र उपचारको लागि अस्पताल भर्ना गर्दा […]

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा टिकट काउन्टरको विषयमा दुई यातायात प्रा.लिबीच झडप भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले चोक नजिक झडपहुँदा दुई जना घाइते भएका छन्। शनीबार बिहान वीरेन्द्रनगर–१० बुलबुले चोकमा रहेको भिजिट कर्णाली यातायात प्रालि र सयुक्त यातायात प्रा.लिबीच झडप भएको हो। यातायात व्यवसायीको आक्रमणबाट बुलबुले काउन्टरमा रहेका भिजिट कर्णाली यातायतका कर्मचारीहरू समेत घाइते भएका भिजिट […]

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । बिहीबार उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले ताला खोल्न आदेश दिएको अदालतका उपरजिष्ट्रार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए ।   राजनीति गरेको भन्दै उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा साम्पाङले माघ १ गते […]