०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

चौकुने गाउँपालिकाको १५औँ गाउँ सभा

Logo
दिलिप कडेल प्रकाशित बिहिबार, फाल्गुण १०, २०८०

सुर्खेत । जिल्लाको चौकुने गाउँपालिकाको १५औँ गाउँ सभा गरेको छ। गाउँ सभामा आयोजित १५औँ गाउँ अधिवेशनमार्फत चालु आर्थिक वर्षको अहिलेसम्म भएका प्रगति, संशोधित बजेट तर्जुमाका साथै अर्धवार्षिक समीक्षा भएको छ।

गाउँपालिकाका उपा–अध्यक्ष नरबहादुर बान्तोलाले सभामा अहिलेसम्म भएको प्रगति प्रतिवेदन, संशोधित बजेट तर्जुमाका साथै मध्यवर्ती समीक्षा सहितको प्रतिवेदन पेश गरेका थिए।

यस्तै, उपाध्यक्ष बान्तोलाले पालिकाभित्रका विभिन्न विषयगत शाखा अन्तर्गत पालिकाले अपेक्षित उपलब्धी हासिल गरेको दाबी गरे।

साथै गाउँ सभाले संशोधित बजेट योजना तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

उपाध्यक्षले प्रस्तुत गरेका कार्यक्रम र विधायन समितिले प्रस्तुत गरेका ऐन संशोधन प्रस्तावमा विभिन्न राय सुझावसहित गाउँ सभाले बहुमतले पारित गरेको हो।

यसैगरी पालिका सभामा सभाध्यक्ष तथा पालिका अध्यक्ष खडक बासपाने ‘विवश’ले विभिन्न विषय माथि प्रस्ताव गरेका थिए।

गाउँ सभामा प्रस्तुत सम्पूर्ण विषय सभाबाट पारित भएको पालिका अध्यक्ष विवशले जानकारी दिए।

उनका अनुसार तत्कालका लागि गाउँपालिकामा अत्यावश्यक रहेका विषयहरुमा गाउँ सभामा छलफल भएको थियो। गाउँ सभा सदस्यहरुबीच ती विषयमा छलफल भएर अधिकांश विषय पारित गरिएको छ।

यस्तै, गाउँ सभामा अधुरा ठेक्का तथा योजनाहरुको व्यवस्थापन, कोषको ऋण भुक्तानी तथा बेरुजु फछ्यौट गर्ने लगायतका विषयमा व्यापक छलफल भएको थियो।

गाउँ सभामा पालिकाका सभाका सदस्यले विभिन्न विषयमा धारणा राखेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]