०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

चौकुने गाउँपालिकाको १५औँ गाउँ सभा

Logo
दिलिप कडेल प्रकाशित बिहिबार, फाल्गुण १०, २०८०

सुर्खेत । जिल्लाको चौकुने गाउँपालिकाको १५औँ गाउँ सभा गरेको छ। गाउँ सभामा आयोजित १५औँ गाउँ अधिवेशनमार्फत चालु आर्थिक वर्षको अहिलेसम्म भएका प्रगति, संशोधित बजेट तर्जुमाका साथै अर्धवार्षिक समीक्षा भएको छ।

गाउँपालिकाका उपा–अध्यक्ष नरबहादुर बान्तोलाले सभामा अहिलेसम्म भएको प्रगति प्रतिवेदन, संशोधित बजेट तर्जुमाका साथै मध्यवर्ती समीक्षा सहितको प्रतिवेदन पेश गरेका थिए।

यस्तै, उपाध्यक्ष बान्तोलाले पालिकाभित्रका विभिन्न विषयगत शाखा अन्तर्गत पालिकाले अपेक्षित उपलब्धी हासिल गरेको दाबी गरे।

साथै गाउँ सभाले संशोधित बजेट योजना तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

उपाध्यक्षले प्रस्तुत गरेका कार्यक्रम र विधायन समितिले प्रस्तुत गरेका ऐन संशोधन प्रस्तावमा विभिन्न राय सुझावसहित गाउँ सभाले बहुमतले पारित गरेको हो।

यसैगरी पालिका सभामा सभाध्यक्ष तथा पालिका अध्यक्ष खडक बासपाने ‘विवश’ले विभिन्न विषय माथि प्रस्ताव गरेका थिए।

गाउँ सभामा प्रस्तुत सम्पूर्ण विषय सभाबाट पारित भएको पालिका अध्यक्ष विवशले जानकारी दिए।

उनका अनुसार तत्कालका लागि गाउँपालिकामा अत्यावश्यक रहेका विषयहरुमा गाउँ सभामा छलफल भएको थियो। गाउँ सभा सदस्यहरुबीच ती विषयमा छलफल भएर अधिकांश विषय पारित गरिएको छ।

यस्तै, गाउँ सभामा अधुरा ठेक्का तथा योजनाहरुको व्यवस्थापन, कोषको ऋण भुक्तानी तथा बेरुजु फछ्यौट गर्ने लगायतका विषयमा व्यापक छलफल भएको थियो।

गाउँ सभामा पालिकाका सभाका सदस्यले विभिन्न विषयमा धारणा राखेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]