२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज कता-कता हुन्छ वर्षा र हिमपात?

Logo
हिरोनेपाल प्रकाशित शुक्रबार, फाल्गुण ११, २०८०

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। विगत केही दिनदेखि नेपालमा याे प्रणालीकाे प्रभाव जारी छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावकै कारण बिहीबार देशका धेरै ठाउँमा वर्षा र हिमपात भएकाे थियाे।

यतिबेला (शुक्रबार बिहान) कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ।

साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदलीकाे अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ। आज दिउँसो देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

हेर्नुहोस् शनिबार र आइतबारको मौसम पूर्वानुमान

२०८० फागुन १२ गते (शनिबार)

दिउँसो: गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० फागुन १३ गते (आइतबार)

दिउँसो: गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशभर आंशिक देखि साधारणतया बदली रहने छ। प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]

जेनजी आन्दोलनको जगमा बनेको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन मिति तोकेको छ। निर्वाचनका लागि सक्रिय हुनुपर्ने दलहरू अझै सुस्त छन्। सल्यानमा पनि यस्तै अवस्था छ। निर्वाचनलक्षित दलीय गतिविधि शून्य जस्तै छ। जिल्ला निर्वाचन कार्यालय सल्यानले मतदाता नामावली संकलन र अध्यावधिकसम्बन्धी काम सकेको छ। धेरैजसो दल आन्तरिक संगठन सुदृढीकरण, अधिवेशन तयारी जस्ता […]

काठमाडौं । जेनजी प्रदर्शनका बेला ‘तिब्बतियन ओरिजिनल ब्लड (टीओबी)’ लेखिएको टिसर्ट लगाए र मोटरसाइकल पड्काउँदै प्रवेश गर्ने समूह वास्तवमा बाइक राइडका लागि मात्रै गठन भएको प्रहरी अनुसन्धानले खुलाएको छ। भदौ २३ मा बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनलाई अराजक बनाएको आरोपमा पक्राउ परेका तेन्जिन दावा लामा टीओबी समूहका अध्यक्ष रहेको पनि प्रहरीले पुष्टि गरेको छ। बाइक […]