०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

सुर्खेतमा दादुरा रुबेलाविरुद्धको खोप अभियान हुने

Logo
हिरोनेपाल प्रकाशित बुधबार, फाल्गुण ०९, २०८०

सुर्खेत । सुर्खेतमा फागुन ११ गतेदेखि २५ गतेसम्म दादुर रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहहरूमा दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको हो।

पहिलो चरणमा फागुन १३ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वटा पालिकामा र दोस्रो चरणमा फागुन २१ गतेदेखि २५ गतेसम्म ४ वटा पालिकामा दादुर रुबेला खोप सम्बन्धि अभियान सञ्चालन हुने छ।

पहिलो चरणमा भेरीगंगा, लेकबेसी र गूर्भाकोट नगरपालिका, बराहताल गाउँपालिका र चिङ्गाड गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ।

यस्तै, खोप अभियानका लागि दोस्रो चरणमा वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, चौकुने र सिम्ता गाउँपालिकामा हुने जनस्वस्थ्य सेवा कार्यालयले जनाएको छ।

जनस्वास्थ्य सेवा कार्यालयले जिल्लाका ९ वटा स्थानीय तहहरूमा गरि ९ महिनादेखि ५ वर्ष मूनीका करिब ३२ हजार बालबालिकालाई दादुरा रुबेला लगाइने योजना बनाएको छ।

कार्यालयले यस अघि खोप लगाउन छुटेका बालबालिकालाई खोजेर पनि लगाइने छ।

यस्तै, दादुरा रुबेला खोप अभियानलाई नेपाल सरकारले राष्ट्रिय खोप अभियानका रुपमा सन् २०२३ सम्म दादुरामुक्त नेपाल घोषणा गर्ने भनिएकाे थियाे। तर, सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म उक्त लक्ष्य राखिएको छ।

यस्तै, खोप अभियानमा खटिने जिल्लाभरका दुई २२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई खोप सम्बन्धि अभिमूखीकरण तालिम दिइएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सुचना अधिकारी अमरबहादुर रानाले स्वास्थ्यकर्मीहरूलाई खोप सम्बन्धि क्षमता अभिवृद्धिका लागि अभिमूखीकरण गरिएको बताए।

उनले भने, ‘सुर्खेतका ९ वटै स्थानीय तहमा रहेका खोप लगाउने स्वास्थ्यकर्मीहरुलाई पालिका स्तरको अभिमुखीरकण गरिएको छ। पालिका स्तरका स्वास्थ्य शाखा प्रमुखहरूले खोप सम्बन्धि सम्पूर्ण जानकारी हाम्रो कार्यालयमा पठाईसक्नु भएको छ।’

यस्तै, कार्यालय प्रमुख गणेशभक्त गौतमले जिल्लामा ९५ प्रतिशत भन्दामाथि खोप कभरेज हुने अनुमान गरिएको बताए। उनले भने, ‘बालबालिकाहरूलाई अकालबाट बचाउनका लागि खोपले ठूलो भूमिका खेल्ने गर्दछ। त्यसैले सबैलाई यो दादुरा रुबेला खोप अभियानमा समावेशन हुनका लागि आह्वान गर्दछु । खोप पूर्ण रुपमा निःशुल्क र सुरक्षित रहेको छ।’

यस्तै, जिल्लाभर खोप अभियानका लागि ५०७ वटा खोप केन्द्र तोकिएका छन्। १२५ जना बालबालिकालाई एक जना स्वास्थ्यकर्मीसहित दुई जना स्वयंसेविका गरेर तीन जना कर्मचारी खटिने कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]