०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सुर्खेतमा दादुरा रुबेलाविरुद्धको खोप अभियान हुने

Logo
हिरोनेपाल प्रकाशित बुधबार, फाल्गुण ०९, २०८०

सुर्खेत । सुर्खेतमा फागुन ११ गतेदेखि २५ गतेसम्म दादुर रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहहरूमा दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको हो।

पहिलो चरणमा फागुन १३ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वटा पालिकामा र दोस्रो चरणमा फागुन २१ गतेदेखि २५ गतेसम्म ४ वटा पालिकामा दादुर रुबेला खोप सम्बन्धि अभियान सञ्चालन हुने छ।

पहिलो चरणमा भेरीगंगा, लेकबेसी र गूर्भाकोट नगरपालिका, बराहताल गाउँपालिका र चिङ्गाड गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ।

यस्तै, खोप अभियानका लागि दोस्रो चरणमा वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, चौकुने र सिम्ता गाउँपालिकामा हुने जनस्वस्थ्य सेवा कार्यालयले जनाएको छ।

जनस्वास्थ्य सेवा कार्यालयले जिल्लाका ९ वटा स्थानीय तहहरूमा गरि ९ महिनादेखि ५ वर्ष मूनीका करिब ३२ हजार बालबालिकालाई दादुरा रुबेला लगाइने योजना बनाएको छ।

कार्यालयले यस अघि खोप लगाउन छुटेका बालबालिकालाई खोजेर पनि लगाइने छ।

यस्तै, दादुरा रुबेला खोप अभियानलाई नेपाल सरकारले राष्ट्रिय खोप अभियानका रुपमा सन् २०२३ सम्म दादुरामुक्त नेपाल घोषणा गर्ने भनिएकाे थियाे। तर, सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म उक्त लक्ष्य राखिएको छ।

यस्तै, खोप अभियानमा खटिने जिल्लाभरका दुई २२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई खोप सम्बन्धि अभिमूखीकरण तालिम दिइएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सुचना अधिकारी अमरबहादुर रानाले स्वास्थ्यकर्मीहरूलाई खोप सम्बन्धि क्षमता अभिवृद्धिका लागि अभिमूखीकरण गरिएको बताए।

उनले भने, ‘सुर्खेतका ९ वटै स्थानीय तहमा रहेका खोप लगाउने स्वास्थ्यकर्मीहरुलाई पालिका स्तरको अभिमुखीरकण गरिएको छ। पालिका स्तरका स्वास्थ्य शाखा प्रमुखहरूले खोप सम्बन्धि सम्पूर्ण जानकारी हाम्रो कार्यालयमा पठाईसक्नु भएको छ।’

यस्तै, कार्यालय प्रमुख गणेशभक्त गौतमले जिल्लामा ९५ प्रतिशत भन्दामाथि खोप कभरेज हुने अनुमान गरिएको बताए। उनले भने, ‘बालबालिकाहरूलाई अकालबाट बचाउनका लागि खोपले ठूलो भूमिका खेल्ने गर्दछ। त्यसैले सबैलाई यो दादुरा रुबेला खोप अभियानमा समावेशन हुनका लागि आह्वान गर्दछु । खोप पूर्ण रुपमा निःशुल्क र सुरक्षित रहेको छ।’

यस्तै, जिल्लाभर खोप अभियानका लागि ५०७ वटा खोप केन्द्र तोकिएका छन्। १२५ जना बालबालिकालाई एक जना स्वास्थ्यकर्मीसहित दुई जना स्वयंसेविका गरेर तीन जना कर्मचारी खटिने कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]