०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

प्रसूतिगृहबाट शिशु चोर्ने महिला दैलेखकी मनीषा, श्रीमान् पनि पक्राउ

Logo
हिरोनेपाल प्रकाशित शनिबार, फाल्गुण १२, २०८०

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहबाट चोरी भएको शिशुसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दैलेख नौमुले गाउँपालिका–१, घर भई काठमाडौँ, काँडाघारी बस्ने वर्ष २४ की मनकुमारी सिंहसहित उनका श्रीमान् र दिदीलाई पक्राउ गरिएको हो।

घटना अनुसन्धानका लागि उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। परिसरका एक प्रहरी अधिकारीले भने, ‘विस्तृत कुरा आज हामी पत्रकार सम्मेलन गरेर बताउनेछौँ।’

शिशुसहित उनीहरूलाई शुक्रबार राति ११स्४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले काँडाघारीबाट पक्राउ गरेको हो।


विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि ती महिलाले बच्चा चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

शुक्रबार दिउँसो १२ बजे प्रसूतिगृहमा फलोअप उपचारमा ल्याइएकी २६ दिने शिशुलाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी थिइन्।

जन्डिसकी बिरामी ती शिशुको फलोअप उपचारका लागि बूढानीलकण्ठ नगरपालिका १२ की २२ वर्षीया सविना श्रेष्ठ जेठानीसहित प्रसूतिगृह आएकी थिइन्।

शिशु लिएर महिला गायब भएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेको थियो। खोजीका क्रममा प्रहरीले शिशुसहित मनकुमारी र उनका २ आफन्तलाई काठमाडौँकै काँडाघारीबाट नियन्त्रणमा लिएको हो।

सीसीटीभीको दृश्यका आधारमा प्रहरीले शिशु पत्ता लगाएको हो।्

यस्तै, पक्राउ परेकी महिला नेपाली सेनाकी श्रीमती भएको खुलेको छ। उनका श्रीमान पनि पक्राउ परेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]