०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सुर्खेतमा गाेलि चलेकाे घटनामा सुटरलाई दुई लाख रुपैयाँ सुपारी दिने सहमती थियाे

Logo
HeroNepal-tv प्रकाशित सोमबार, फाल्गुण १४, २०८०

सुर्खेत : गत शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा विनोद गिरीलाई लक्षित गर्दै गोली प्रहारको घटनामा सम्बन्धित भारतीय सुटरसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

आइतबार अपराह्नमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्न चार व्यक्तिलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२, का १८ वर्षीय इन्द्र बिक, १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी र भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको दादानगरगञ्जस्थित जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपूत रहेका छन् । राजपूत यस घटनामा सुटरको रूपमा प्रयोग भएका छन् ।

उनले नै तरुण दलका जिल्ला सदस्य समेत रहेका गिरीलाई गोली प्रहार गरेका थिए । यद्यपि गोली गाडीमा लाग्यो । यसमा गोली प्रहार गर्ने भारतीय नागरिक भए पनि योजनाकार भने सुर्खेतकै अन्य व्यक्ति भएको बताइएको छ ।

प्रहरीले पक्राउ गरेका चार जनामाथि अनुसन्धान गरेको छ भने अरूको खोजीका लागि प्रहरीहरू ठाउँ–ठाउँमा तैनाथ भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, एसपी रुपेश खड्काले जानकारी दिएकाछन  ।

प्रहरीका अनुसार घटनामा इन्द्रले सहजीकरण गरेको देखिएको छ । इन्द्रले पक्राउ नपरेका एक जना अज्ञात व्यक्तिसँग डेढ महिनादेखि ह्वाट्सएपमा निरन्तर कुराकानी गरेको प्रहरीले फेला पारेको छ । करिब २०–२५ दिन अघि इन्द्रले ती पुरुषलाई कैलालीको अत्तरियामा भेटेका थिए ।

हत्या योजना बनाउन ती व्यक्तिले इन्द्र, भरतलाई नेपालगन्जमा भेटेका थिए । उनीहरूको भेटमा ती अज्ञात व्यक्तिले ‘हामीसँग सुटर छ, सुर्खेत बस्ने विनोद गिरीलाई मार्नुपर्छ । म तिमिलाई डेढ लाख दिन्छु’ भनेका थिए । अज्ञात पुरूषले नै उनीहरूलाई एक नाल कटुवा पेस्तोल र दुई राउण्ड गोली उपलब्ध गराएको प्रहरीले जनाएको छ ।

योजना बनाउने व्यक्तिले सुटर भनिएका राजपूतलाई दुई लाख रुपैयाँ सुपारी दिने सहमति भएको प्रहरी प्रमुख खड्काले बताए ।

सुटर भनिएका राजपूत फागुन ७ गते वीरेन्द्रनगरमा आएका थिए । उनलाई वीरेन्द्रनगर–४ मा रहेको गणेश होटलमा राख्ने व्यवस्था पक्राउ परेका राजन गिरीले मिलाएका थिए । फागुन ९ गते इन्द्र र भरत नेपालगन्जबाट सुर्खेत आई सोही होटलमा बसेका थिए ।

भरतले यस घटनामा प्रयोग गर्न आफ्नो भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराएको पनि प्रहरीले जानकारि दियाे । ‘ती अज्ञात व्यक्तिले नै योजनाअनुसार सुटरहरूलाई विनोदको घर–ठेगाना हुलियासहित दिएका थिए ।

प्रहरीले भन्याे , ‘उनीहरूको योजनाअनुसार शनिबार सुटरको समूहले विनोद गिरीको गाडीलाई पछ्याएको थियो । वीरेन्द्रनगर–१ गैरीचोकमा पुगेपछि भने गोली प्रहार गरेका थिए । गोली प्रहार गरेलगत्तै सुटरको मोटरसाइकल र विनोदको गाडी ठोक्किएका थिए । जसपछि सुटरहरू फरार भए ।’

अनुसन्धानको क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेपनि यसमा हत्या गर्नुपर्ने कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उनीहरू विरुद्ध हातहतियार खरखजना र ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ । एसपी खड्काले भने, ‘मुख्य योजनाकारहरूको खोजी भइरहेको छ, एक–दुई दिनमै पक्राउ गर्छौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]