०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

सुर्खेतमा गाेलि चलेकाे घटनामा सुटरलाई दुई लाख रुपैयाँ सुपारी दिने सहमती थियाे

Logo
HeroNepal-tv प्रकाशित सोमबार, फाल्गुण १४, २०८०

सुर्खेत : गत शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा विनोद गिरीलाई लक्षित गर्दै गोली प्रहारको घटनामा सम्बन्धित भारतीय सुटरसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

आइतबार अपराह्नमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्न चार व्यक्तिलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२, का १८ वर्षीय इन्द्र बिक, १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी र भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको दादानगरगञ्जस्थित जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपूत रहेका छन् । राजपूत यस घटनामा सुटरको रूपमा प्रयोग भएका छन् ।

उनले नै तरुण दलका जिल्ला सदस्य समेत रहेका गिरीलाई गोली प्रहार गरेका थिए । यद्यपि गोली गाडीमा लाग्यो । यसमा गोली प्रहार गर्ने भारतीय नागरिक भए पनि योजनाकार भने सुर्खेतकै अन्य व्यक्ति भएको बताइएको छ ।

प्रहरीले पक्राउ गरेका चार जनामाथि अनुसन्धान गरेको छ भने अरूको खोजीका लागि प्रहरीहरू ठाउँ–ठाउँमा तैनाथ भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, एसपी रुपेश खड्काले जानकारी दिएकाछन  ।

प्रहरीका अनुसार घटनामा इन्द्रले सहजीकरण गरेको देखिएको छ । इन्द्रले पक्राउ नपरेका एक जना अज्ञात व्यक्तिसँग डेढ महिनादेखि ह्वाट्सएपमा निरन्तर कुराकानी गरेको प्रहरीले फेला पारेको छ । करिब २०–२५ दिन अघि इन्द्रले ती पुरुषलाई कैलालीको अत्तरियामा भेटेका थिए ।

हत्या योजना बनाउन ती व्यक्तिले इन्द्र, भरतलाई नेपालगन्जमा भेटेका थिए । उनीहरूको भेटमा ती अज्ञात व्यक्तिले ‘हामीसँग सुटर छ, सुर्खेत बस्ने विनोद गिरीलाई मार्नुपर्छ । म तिमिलाई डेढ लाख दिन्छु’ भनेका थिए । अज्ञात पुरूषले नै उनीहरूलाई एक नाल कटुवा पेस्तोल र दुई राउण्ड गोली उपलब्ध गराएको प्रहरीले जनाएको छ ।

योजना बनाउने व्यक्तिले सुटर भनिएका राजपूतलाई दुई लाख रुपैयाँ सुपारी दिने सहमति भएको प्रहरी प्रमुख खड्काले बताए ।

सुटर भनिएका राजपूत फागुन ७ गते वीरेन्द्रनगरमा आएका थिए । उनलाई वीरेन्द्रनगर–४ मा रहेको गणेश होटलमा राख्ने व्यवस्था पक्राउ परेका राजन गिरीले मिलाएका थिए । फागुन ९ गते इन्द्र र भरत नेपालगन्जबाट सुर्खेत आई सोही होटलमा बसेका थिए ।

भरतले यस घटनामा प्रयोग गर्न आफ्नो भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराएको पनि प्रहरीले जानकारि दियाे । ‘ती अज्ञात व्यक्तिले नै योजनाअनुसार सुटरहरूलाई विनोदको घर–ठेगाना हुलियासहित दिएका थिए ।

प्रहरीले भन्याे , ‘उनीहरूको योजनाअनुसार शनिबार सुटरको समूहले विनोद गिरीको गाडीलाई पछ्याएको थियो । वीरेन्द्रनगर–१ गैरीचोकमा पुगेपछि भने गोली प्रहार गरेका थिए । गोली प्रहार गरेलगत्तै सुटरको मोटरसाइकल र विनोदको गाडी ठोक्किएका थिए । जसपछि सुटरहरू फरार भए ।’

अनुसन्धानको क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेपनि यसमा हत्या गर्नुपर्ने कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उनीहरू विरुद्ध हातहतियार खरखजना र ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ । एसपी खड्काले भने, ‘मुख्य योजनाकारहरूको खोजी भइरहेको छ, एक–दुई दिनमै पक्राउ गर्छौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]