०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफुलाई सक्याउने खेल खेलिएकाे बताए

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, फाल्गुण १०, २०८०

काठमाडौँ । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफूले श्रीमती सुम्निमा खालिङमाथि हिंसा नगरेको बताएका छन् । उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफुलाई श्रीमतीले पीडित बनाएको आरोप लगाए ।

बुधबार साँझ पत्रकार सम्मेलन गर्दै उनले श्रीमतीबाट पाएको विभिन्न दुःख सबैमाझ शेयर गरे । श्रीमती सुम्निमाले अर्को युवतीलाई गर्भवती बनाएको भनेर लगाएको आरोपको समेत उनले खण्डन गरे ।

‘मेरो शुक्रकिटमा समस्या देखिएकाले बाउ बन्न योग्न छैन’, उनले भने ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौँ । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो ।’ उनले यसका लागि आफूले औषधि पनि सेवन गरेको सुनाए ।

सुम्निमाले आफूसँग पैसा मागेर मदिरा खाएर झगडा र आक्रमण लगायतको क्रियाकलाप गर्ने गरेको बताए । उनले सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा समेत स्वीकारे । पुरुषसँगको निकट थाहा पाएपछि आफूले सुम्निमासँग डिभोर्स मागेको उनले स्पष्ट पारे ।

सुम्निमा बाहिरको मानिसहरूको उक्साहटमा आफू माथि आक्रामक भएको भन्दै उनले थपे ‘मेरो जिन्दगीलाई बरबाद बनाउन खेल भइरहेको छ ।’ उनले सुम्निमालाई उकास्नेहरूले घरमै आएर आफूलाई आक्रमण समेत गरेको सुनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]