काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनु भएन ।’ वीर अस्पतालले […]
काठमाण्डाै – सन्दीप लामिछानेबाट बलात्कार पीडित युवती गौशाला २६ को परिचय र तस्बिर सार्वजनिक गर्नेहरूमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ । यो विषयमा केन्द्रीय कार्यालयको समेत ध्यानाकर्षण भएको नेपाल प्रहरीले जनाएको छ । अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार, मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने व्यवस्था […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला २६ को भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने एक कार्यकर्तालाई निलम्बन गरेको छ । जिल्ला अदालत काठमाडौंको आदेशअनुसार बलात्कारी ठहर भएका लामिछानेबाट पीडित युवतीको भन्दै सामाजिक सञ्जालमा तस्वीर हाल्ने कार्यकर्ता दिवश सापकोटालाई बिहीबार निलम्बन गरिएको हो । सापकोटा सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको ठहर […]
काठमाण्डाै – अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बाटो खुलेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले रङ्गशालालाई बाग्मती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको हो । सरकारले गौतम बुद्धसहित तीन वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । चन्दा उठाएर रङ्गशाला निर्माण शुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ […]
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख रुपैयाँ धरौटीमा सशर्त रिहा गरेको थियो। विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष […]
लेसिया ः राजदुतावासले क्षमायाचना सहितको बिज्ञप्ति जारी गर्नुपर्ने माग सहित,मलेसियामा सङ्गठित राजनितिक दल,संघ सस्थाका अगुवा, नेपाली म्यानपावर ब्यावसायी र एनआरएनएले संयुक्त रुपमा दूतावासलाइ ज्ञापनपत्र बुझाएका छन । राजदुतावासले गल्तिको रियलाइज गर्दै क्षमायाचना सहितको बिज्ञपति जारी गर्नुपर्ने र सिन्डिकेटमा आफू सम्लग्न भए नभए पनि मलेसियामा रोजगारिमा जाने कामदारको अहितमा रहेको उल्लेख गराउदै सम्बन्धित निकायमा पत्र […]
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको समस्या सम्बोधन गर्नेगरी ठोस प्रस्ताव ल्याउन अर्थमन्त्रीलाई निर्देशन दिएका छन् । सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, घर न घाट भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्।’ बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण […]
काठमाडौं । नेपालकी मेनुका पौडेलले गायन प्रस्तुतिमार्फत इण्डियन आइडलमा सबैको मन जितिरहेकी छन् । सेलिब्रेटी हुन् या दर्शक उनको गायकीका फ्यान बनिरहेका छन् । अभिनेता रणवीर कपुरले त ‘संगीतकी साक्षात् देवी’ भन्दै उनको पाउ नै छोए । इण्डियन आइडलको आइतबार रातिको एपिसोड मेनुका प्रेरित रह्यो । उक्त एपिसोडबाट एकजना प्रतिस्पर्धी बाहिरिंदा मेनुका भने अन्तिम […]
जापानमा अघिल्लो सोमवार गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६१ जना पुगेको छ । इशिकावा क्षेत्रमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा भत्केका संरचनामा खोजी गर्ने क्रममा अहिलेसम्म एक सय ६१ जनाको शव भेटिएको हो । अझै एक सय तीन जना हराइरहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्पका कारण […]
मलेसिया।राप्रपाले अब देशको नेतृत्व गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दाबि गरेका छन्। आईतबार मलेसियाको क्वालालम्पुरमा प्रवासी नेपाली एकता समाज (पानस) मलेसियाको दोस्रो अधिवेशन कार्यक्रम लाई प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष लिङ्देनले ३० बर्ष देखि नेपालको राजनीतिमा अग्रणी स्थान ओगटेर रहेका र राज्य सत्ता सम्हालीरहेको पार्टी नेतृत्वले देशको विकास गर्नुको साट्टो आफ्नो ब्यक्तिगत बिकासका लागि भ्रष्टचारमा […]