०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

आजदेखि कर्णाली उत्सवको पाँचौँ संस्करण

Logo
हिरोनेपाल प्रकाशित शनिबार, फाल्गुण ०५, २०८०

सुर्खेत । सुर्खेतमा आजदेखि कर्णाली उत्सवको पाँचौँ संस्करण सुरु हुँदैछ। ‘कुडा कर्नालीका’ नाराका साथ पाँचौँ संस्कारण हुने भएको हो।

कर्णाली उत्सव फागुन ५, ६ र ७ गते गरि तीन दिनसम्म चल्नेछ। उत्सव लागि सबै तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।

‘कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव’ का रुपमा लिएइको यो उत्सव वीरेन्द्रनगर नगरपालिकाको बुलबुले उद्यानमा सञ्चालन हुनेछ।

वितेका चारवटा उत्सवबाटै यस कार्यक्रमले कुराकानीकै माध्यमबाट कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउँदै आएको छ।

उत्सवका संयोजक कमल लम्सालले परम्परागत रूपमा हुने कचहरी वा बैठककै आधुनिक रूप हो कर्णाली उत्सव भएको दाबी गरे। उनले भने, ‘कर्णाली उत्सवको माध्यमबाट कर्णालीमा सार्वजनिक बहसको श्रृंखला थालनी गरेका हौँ। यसले मूलतः कर्णालीलाई केलाउँछ। समृद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाउँछ। र, सार्वजनिक पदाधिकारीलाई उत्तरदायी बनाउन प्रयास गर्छ।’

ऋति फाउण्डेसनले थालेको यो सामाजिक अभियानमा विभिन्न तहका सरकार, गैरसरकारी संघ संस्था, व्यावसायिक प्रतिष्ठान, प्रवुद्ध व्यक्ति तथा नागरिक समाजको सहयोगका कारण उत्सवका चारवटा संस्करण सफलतापूर्वक सम्पन्न गर्न सफल भएको लम्सालले बताए।

उत्सवमा विभिन्न क्षेत्रमा विज्ञता राख्ने विद्धत व्यक्तिहरुलाई विभिन्न सत्रमा राखेर नीतिगत बहस हुने आयोजकले जनाएको छ।

यस्तै, संयोजकले उत्सवमा इपिसेन्टर, संकट र सेवा, जोखिम र जुइन्या जुक्ति, कर्णाली धरोहर–मनोहर, लगानीको लगन, कर्णाली दृष्टि, कर्णाली क्याराभान, अपाङ्गता पहुँच र पौरख, हाम्मो काली, हाम्मै कर्नाली, अन्तरजातीय विवाह रहर र कहर, अ जर्नी फ्रम न्यू जर्जी टु कर्णाली, लोकतन्त्र दलभित्र–देशभित्र, देश जान्या, समाज र संघर्ष, खस कुडा( खास कुडा सौँराई जिन्नगीको र विकास अन्या, विकास खान्या गरी तीन दिनसम्म १६ वटा सत्र सञ्चालन हुने जनाएको छ।

जसमा ३ वटा पैकेला, ४ वटा टिप्पणी र ३ वटा सांगीतिक साँझ राखिएका छन्।

उत्सवमा कर्णालीका विभिन्न विषयवस्तुमा विषयविज्ञ, जिम्मेवार व्यक्तित्व, जनप्रतिनिधिहरूसँग खुल्ला छलफल, विभिन्न सफलताका कथा (पैकला), संस्कृति झल्काउने कार्यक्रमहरू, कर्णालीका पहिचान लगायतका विषयमा छलफल र प्रदर्शनी हुने छ।

५० देखि ६० लाख खर्च अनुमान गरिएको यस वर्षको उत्सवमा ६३ वक्ता रहनेछन् भने १८ जना सहजकर्ता रहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]