०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

आजदेखि कर्णाली उत्सवको पाँचौँ संस्करण

Logo
हिरोनेपाल प्रकाशित शनिबार, फाल्गुण ०५, २०८०

सुर्खेत । सुर्खेतमा आजदेखि कर्णाली उत्सवको पाँचौँ संस्करण सुरु हुँदैछ। ‘कुडा कर्नालीका’ नाराका साथ पाँचौँ संस्कारण हुने भएको हो।

कर्णाली उत्सव फागुन ५, ६ र ७ गते गरि तीन दिनसम्म चल्नेछ। उत्सव लागि सबै तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।

‘कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव’ का रुपमा लिएइको यो उत्सव वीरेन्द्रनगर नगरपालिकाको बुलबुले उद्यानमा सञ्चालन हुनेछ।

वितेका चारवटा उत्सवबाटै यस कार्यक्रमले कुराकानीकै माध्यमबाट कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउँदै आएको छ।

उत्सवका संयोजक कमल लम्सालले परम्परागत रूपमा हुने कचहरी वा बैठककै आधुनिक रूप हो कर्णाली उत्सव भएको दाबी गरे। उनले भने, ‘कर्णाली उत्सवको माध्यमबाट कर्णालीमा सार्वजनिक बहसको श्रृंखला थालनी गरेका हौँ। यसले मूलतः कर्णालीलाई केलाउँछ। समृद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाउँछ। र, सार्वजनिक पदाधिकारीलाई उत्तरदायी बनाउन प्रयास गर्छ।’

ऋति फाउण्डेसनले थालेको यो सामाजिक अभियानमा विभिन्न तहका सरकार, गैरसरकारी संघ संस्था, व्यावसायिक प्रतिष्ठान, प्रवुद्ध व्यक्ति तथा नागरिक समाजको सहयोगका कारण उत्सवका चारवटा संस्करण सफलतापूर्वक सम्पन्न गर्न सफल भएको लम्सालले बताए।

उत्सवमा विभिन्न क्षेत्रमा विज्ञता राख्ने विद्धत व्यक्तिहरुलाई विभिन्न सत्रमा राखेर नीतिगत बहस हुने आयोजकले जनाएको छ।

यस्तै, संयोजकले उत्सवमा इपिसेन्टर, संकट र सेवा, जोखिम र जुइन्या जुक्ति, कर्णाली धरोहर–मनोहर, लगानीको लगन, कर्णाली दृष्टि, कर्णाली क्याराभान, अपाङ्गता पहुँच र पौरख, हाम्मो काली, हाम्मै कर्नाली, अन्तरजातीय विवाह रहर र कहर, अ जर्नी फ्रम न्यू जर्जी टु कर्णाली, लोकतन्त्र दलभित्र–देशभित्र, देश जान्या, समाज र संघर्ष, खस कुडा( खास कुडा सौँराई जिन्नगीको र विकास अन्या, विकास खान्या गरी तीन दिनसम्म १६ वटा सत्र सञ्चालन हुने जनाएको छ।

जसमा ३ वटा पैकेला, ४ वटा टिप्पणी र ३ वटा सांगीतिक साँझ राखिएका छन्।

उत्सवमा कर्णालीका विभिन्न विषयवस्तुमा विषयविज्ञ, जिम्मेवार व्यक्तित्व, जनप्रतिनिधिहरूसँग खुल्ला छलफल, विभिन्न सफलताका कथा (पैकला), संस्कृति झल्काउने कार्यक्रमहरू, कर्णालीका पहिचान लगायतका विषयमा छलफल र प्रदर्शनी हुने छ।

५० देखि ६० लाख खर्च अनुमान गरिएको यस वर्षको उत्सवमा ६३ वक्ता रहनेछन् भने १८ जना सहजकर्ता रहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]