२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

प्रहरी समायोजन अघि बढाउन पाँच सदस्यीय समिति गठन

Logo
HeroNepal-tv प्रकाशित शनिबार, फाल्गुण ०५, २०८०

काठमाण्डाै – गृह मन्त्रालयले प्रहरी समायोजन अघि बढाउन पाँच सदस्यीय समिति गठन गरेको छ । प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरेको गृह मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य–सचिव रहने गरी पाँच सदस्यीय समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ । कानुनअनुसार ‘प्रहरी कर्मचारी समायोजन समिति’ बनाएर समायोजन शुरु भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रशासन माहाशाखामा प्रमुख तोकिएका छैनन् । अहिले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईले प्रशासनको जिम्मेवारी पनि सम्हाल्नुभएको छ । समितिको सह–संयोजकमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव थानेश्वर गौतम, प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य छन् ।

प्रहरी समायोजन ऐन–२०७६ बमोजिम नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी सङ्घीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन काम भइरहेको मन्त्रालयले जनाएको छ । प्रदेश तहमा प्रहरी नहुँदा काम गर्न समस्या भइरहेको भन्दै सबै प्रदेश मुख्यमन्त्रीहरूले प्रहरी समायोजनका लागि दबाब दिँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]