०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

नेदरल्यान्ड्समाथि नेपालको ९ विकेटको रवाफिलो जित

Logo
हिरोनेपाल प्रकाशित शनिबार, फाल्गुण ०५, २०८०

विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको प्रभावसालि जित हासिल गरेको छ।

नेदरल्यान्ड्समाथि रवाफिलो जित निकाल्ने क्रममा नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धशतक प्रहार गर्दा अर्का ओपनर कुशल भुर्तेलले २८ रनको विष्फोटक इनिङ खेले।

जितसँगै नेपालले दोस्रो खेलमा लिग–२ को अङ्क तालिकामा खाता खोलेको छ। नेपालले २ सय ८ बल बाँकी हूँदै १ विकेट गुमाएर लक्ष्य पुरा गर्ने क्रममा आसिफ शेखले ४५ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाउँदा उनले करिअरको ११ औ अर्धशतक प्रहार गरे।

त्यस्तै अनिलले ३६ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाए। उनको यो दोस्रो ओडीआइ अर्धशतक हो।

त्यसअघि नेदरल्यान्ड्सले १ सय ३८ रनको लक्ष्य दिएको थियो। टियू मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो।

नेदरल्यान्ड्सलाई कमजोर योगफलमा समेट्ने क्रममा नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिंदा ललित राजवंशीले २ विकेट लिए।

त्यस्तै सोमपाल कामी र रोहित पौडेलका नाममा १–१ विकेट रह्यो। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाउँदा बास डि लिडले २७ रन बनाएका थिए। त्यस्तै स्याब्रन्ड इंगलब्रेच्टले २३ रन बनाउँदा म्याक्स ओड्वाड र आर्यन दतले समान १०–१० रन बनाउँदा नोच क्रोस १२ रनमा आउट भए। क्याली क्लेइनले ११ रन बनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]