०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

नेदरल्यान्ड्समाथि नेपालको ९ विकेटको रवाफिलो जित

Logo
हिरोनेपाल प्रकाशित शनिबार, फाल्गुण ०५, २०८०

विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको प्रभावसालि जित हासिल गरेको छ।

नेदरल्यान्ड्समाथि रवाफिलो जित निकाल्ने क्रममा नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धशतक प्रहार गर्दा अर्का ओपनर कुशल भुर्तेलले २८ रनको विष्फोटक इनिङ खेले।

जितसँगै नेपालले दोस्रो खेलमा लिग–२ को अङ्क तालिकामा खाता खोलेको छ। नेपालले २ सय ८ बल बाँकी हूँदै १ विकेट गुमाएर लक्ष्य पुरा गर्ने क्रममा आसिफ शेखले ४५ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाउँदा उनले करिअरको ११ औ अर्धशतक प्रहार गरे।

त्यस्तै अनिलले ३६ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाए। उनको यो दोस्रो ओडीआइ अर्धशतक हो।

त्यसअघि नेदरल्यान्ड्सले १ सय ३८ रनको लक्ष्य दिएको थियो। टियू मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो।

नेदरल्यान्ड्सलाई कमजोर योगफलमा समेट्ने क्रममा नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिंदा ललित राजवंशीले २ विकेट लिए।

त्यस्तै सोमपाल कामी र रोहित पौडेलका नाममा १–१ विकेट रह्यो। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाउँदा बास डि लिडले २७ रन बनाएका थिए। त्यस्तै स्याब्रन्ड इंगलब्रेच्टले २३ रन बनाउँदा म्याक्स ओड्वाड र आर्यन दतले समान १०–१० रन बनाउँदा नोच क्रोस १२ रनमा आउट भए। क्याली क्लेइनले ११ रन बनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]