०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सोमबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा सकिन एक वर्ष लाग्ने

Logo
HeroNepal-tv प्रकाशित सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौँ । सोमबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा सकिन झन्डै एक वर्ष लाग्ने भएको छ । दैनिक १ हजार जनाको दरले परीक्षा लिँदा पनि २०८१ को पुसमा पहिलो चरणको परीक्षा सकिने भएको हो ।

ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रमा काम गर्न कोरिया जान १ लाख ६३ हजार ६३५ जनाले आवेदन फारम भरेका छन्।

ईपीएस कोरिया शाखाले तीन चरणमा गरेर परीक्षा लिनेछ। पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा लिइनेछ। सोमबारदेखि सुरु भएको पहिलो चरणको परीक्षा चैत २४ गते सकिनेछ।

त्यसपछि दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइनेछ। उक्त परीक्षा २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म चल्नेछ। तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन्। त्यस्तै तेस्रो चरणको परीक्षा २०८१ को कात्तिक २६ गतेदेखि सुरु भएर २०८१ को पुस २ गतेसम्म चल्ने ईपीएस कोरिया शाखाले जनाएको छ।

सन् २०२३ का लागि अनुमानित १५ हजार ४४८ जनालाई कोरियाको उत्पादनमूलक क्षेत्रमा लैजान भन्दै दरखास्त आह्वान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]