०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

माओवादीको विधान सम्मेलन आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने

Logo
हिरोनेपाल प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौँ :  नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आज सकिँदैछ । फागुन १ गतेबाट सुरु भएको अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको मस्यौदामाथि २० मध्ये १३ वटा समूहले छलफलबाट आएका सुझाव प्रस्तुत गरेका छन् । आज बाँकी ७ वटा समूहले प्रस्तुती दिने छन् ।

महासचिव देवप्रसाद गुरुङले गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसके पछि हिजोबाट प्रस्तुतिकरण सुरू भएको जानकारी दिएका छन् । २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रूप दिइने माओवादीले जनाएको छ ।

आज बाँकी समूहको प्रस्तुती सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । विधान पारित गर्दै अधिवेशन आजै सक्ने माओवादीको तयारी छ । प्रस्तुती दिएका अधिकांश समूहले नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत हुनुपर्ने, कमिटी छरितो हुनुपर्ने, पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने सुझाव दिएका छन् ।

जिल्ला समन्वय समितिलाई कार्यकारी बनाउनुपर्ने, संघीयताको मर्मलाई ध्यान दिँदै समन्वय समिति नै राख्नुपर्ने तर अधिकार थप दिनुपर्ने सुझाव छन् ।

यसैगरी, निर्वाचन आयोग, अनुशासन आयोग र लेखा परीक्षण आयोगलाई पूर्ण रुपमा शक्तिशाली बनाउनु पर्ने, आयोगका समिति पालिकास्तरसम्म विस्तार गर्नुपर्ने सुझाव छन् । आजको बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]