०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्न एमाले सचेतकको माग

Logo
हिरोनेपाल प्रकाशित शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौँ । बालकुमारी घटनामा जाँचबुझ आयोगद्वारा दोषी ठहर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तुरुन्त बर्खास्त गरी कारबाही गर्न नेकपा एमालेका सचेतक महेश बर्ताैलाले सरकारसँग माग गरेका छन्।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा कोरियाली रोजगारीका लागि फर्म भर्न पाउनुपर्ने माग गर्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुईजनाको मत्यु भएको थियो।

त्यो घटना हुनुमा प्रमुख दोषी यातायात मन्त्री ज्वाला नै भएको निष्कर्ष निकाल्दै जाँचबुझ आयोगले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।

यसकारण अब मन्त्री ज्वालालाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको एमाले सचेतक बर्ताैलाले बताएका हुन्।

‘मन्त्री (ज्वाला) कै गम्भीर कमजोरी र लापरबाहीको कारण उक्त दुःखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उहाँलाइ एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट छैन’, एमाले सचेतक बर्ताैलाले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्काल उहाँलाई मन्त्री पदबाट बरखास्त गरिनुपर्छ र प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्छ।’

घटनाका मुख्य दोषी मन्त्रीलाई उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामाा ल्याउने प्रयत्न गरियो भने त्यो न्यायोचित र स्वीकार्य नहुने चेतावनी सचेतक बर्ताैलाले सरकारलाई दिएका छन्।

उनले अगाडि लेखेका छन्, ‘त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घन्टे परीक्षामा पर्नुभएको छ, हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ?’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]