०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्न एमाले सचेतकको माग

Logo
हिरोनेपाल प्रकाशित शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौँ । बालकुमारी घटनामा जाँचबुझ आयोगद्वारा दोषी ठहर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तुरुन्त बर्खास्त गरी कारबाही गर्न नेकपा एमालेका सचेतक महेश बर्ताैलाले सरकारसँग माग गरेका छन्।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा कोरियाली रोजगारीका लागि फर्म भर्न पाउनुपर्ने माग गर्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुईजनाको मत्यु भएको थियो।

त्यो घटना हुनुमा प्रमुख दोषी यातायात मन्त्री ज्वाला नै भएको निष्कर्ष निकाल्दै जाँचबुझ आयोगले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।

यसकारण अब मन्त्री ज्वालालाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको एमाले सचेतक बर्ताैलाले बताएका हुन्।

‘मन्त्री (ज्वाला) कै गम्भीर कमजोरी र लापरबाहीको कारण उक्त दुःखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उहाँलाइ एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट छैन’, एमाले सचेतक बर्ताैलाले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्काल उहाँलाई मन्त्री पदबाट बरखास्त गरिनुपर्छ र प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्छ।’

घटनाका मुख्य दोषी मन्त्रीलाई उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामाा ल्याउने प्रयत्न गरियो भने त्यो न्यायोचित र स्वीकार्य नहुने चेतावनी सचेतक बर्ताैलाले सरकारलाई दिएका छन्।

उनले अगाडि लेखेका छन्, ‘त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घन्टे परीक्षामा पर्नुभएको छ, हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ?’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]