०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

समाचार

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको स्रोत सुनिश्चित

काठमाडौं । बागमती प्रदेश सरकारले चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्ने निर्णय गरेको छ ।   प्रदेश सरकारको मंगलबार बसेको बैठकले रंगशाला निर्माणको पहिलो चरणका लागि ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र स्रोत सुनिश्चित गर्ने निर्णय गरेको हो । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु […]

सुर्खेत । जाजरकोटका २ स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । नलगाड नगरपालिका-५ र बारेकोट गाउँपालिका-८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका-१२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो। यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझ्नु भएको छ । […]

सुर्खेत । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा पुस्तक हस्तान्तरण गरिएको छ। चौतारीको स्थापना दिवसका अवसरमा सोमबार कारागार कार्यालय सुर्खेतलाई पुस्तक वितरण गरिएको हो। प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश र सुर्खेत समितिको संयुक्त आयोजना कारागार कार्यालय ९बन्दी सुधार गृह० सुर्खेतमा पुस्तक वितरण गरिएको चौतारीका सुर्खेत अध्यक्ष गोविन्द्र खत्रीले जानकारी दिए। अध्यक्ष खत्रीका अनुसार […]

मुगु : आइतबार राती खत्याड गाउँपालिका-२ गाँडेखोलामा एक घरमा आगलागी हुँदा आमासँगै सुतिरहेका दाजु- बहिनीको मृत्यु भएको छ। आगोमा जलेर स्थानीय लालु सञ्जयालकी १२ वर्षीया छोरी झरना र १४ वर्षीय छोरा विशालको ज्यान गएको हो। बेलुका खाना खाइ उनीहरू सुत्न गएका थिए। राती २ बजेतिर घरभित्र एक्कासी आगो दनदनी बल्यो। त्यो कुरा विशालले चाल पाए। […]

पोखरा । रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी पीडितले प्रहरीमा जाहेरी बुझाएका छन् । पीडितहरुले कास्की प्रहरीमा जाहेरी बुझाएका हुन् । उनीहरूको जाहेरी प्रहरीले बुझेको छ तर दर्ता भएको छैन । जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत छन् । संस्थाहरूमा नेचर […]

काठमाडाैँ ।  फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटर्फमको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गको सम्पत्ति गत वर्ष सन् २०२३ मा ८४ अर्ब डलर अर्थात् एक सय ११ खर्ब रुपैयाँले बढेको छ । फोर्ब्सको रियल टाइम अर्बपतिको सूचिमा जुकरबर्ग हाल विश्वका पाँचौं सर्वाधिक धनी व्यक्ति हुन् र उनको कूल सम्पत्ति १ खर्ब ३९ अर्ब […]

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युद्धका कारण गाजामा ज्यान गुमाउने, घाइते र बेपत्ता हुनेकाे स‌ङ्ख्या एक लाखभन्दा धेरै रहेकाे जनाएकाे छ । यो सङ्ख्या गाजाको २३ लाख जनसङ्ख्याको चार दशमलव तीन प्रतिशत रहेकाे डब्ल्यूएचओले जनाएकाे छ । जेरूसेलमबाट भिडियो लिङ्कमार्फत संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका प्रतिनिधि रिचार्ड पिपरकोर्नले बाँकी जनसङ्ख्याले सुरक्षा, खाना, स्वास्थ्य […]

दयपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उनले उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् । प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताएका थिए। […]

पोखरा । मोफसलको परिचित फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपको २३ औं संस्करणमा शीर्ष उपाधिसहित विधागत पुरस्कारमा विभागीय टिम नेपाल आर्मीले वर्चश्व कायम गरेको छ । आर्मीले वर्षोत्कृष्ट खेलाडीसहित ६ विधाबाट पुरस्कृत भएको छ । आर्मी बेस्ट प्लेयरसहित डिफेन्डर, फरवार्ड, मिडफिल्डर, गोल रक्षक र प्रशिक्षक विधामा उत्कृष्ट ठहरियो । आर्मीका विमल पाण्डे खेलकै उत्कृष्ट खेलाडी घोषित […]

धनगढीः सरकारलाई दवाब स्वरुप सिमानामा काँडेतार लगाउन भन्दै धनगढीमा हस्ताक्षर अभियान सुरु गरिएको छ। राष्ट्रवादी चलचित्र काँडेतारको च्यारिटी शोमा आज (शनिवार) हस्ताक्षर संकलन गरिएको हो। भारतको सिमा विस्तारवादलाई रोक्न नेपाली भूमिमा काँडेतार लागाउनु पर्ने भन्दै काँडेतार चलचित्रको टिमले धनगढीमा हस्ताक्षर संकलन गरेको हो। भारतले गरिहेको नेपाली भूमि अतिक्रमण रोक्न सरकारलाई दवाब स्वरुप काँडेतार चलचित्रको च्यारिटी […]