०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

के साँच्चै Gmail बन्द हुने हाेत ?

Logo
एजेन्सी प्रकाशित आइतबार, फाल्गुण १३, २०८०

इन्टरनेट जगतको दिग्गज कम्पनी गुगलले बेला बेलामा विभिन्न ठुल्ठुला कदमहरु उठाउने गरेको छ । गुगलले केहीअघि मात्रै अमेरिकामा आफ्नो अनलाइन भुक्तानी सेवा जी पे प्लाटर्फम बन्द गर्न लागेको समाचार सार्वजनिक भएको थियो ।

समाचार अनुसार आफ्नो घाटालाई कम गर्नका लागि गुगलले विभिन्न अहम् कदमहरु चाल्न सक्दछ । त्यसमा जिमेल बन्द गर्ने पनि एउटा विकल्प हुनसक्दछ । गुगलले जिमेल बन्द गर्न लागेको भन्दै सोसल मिडिया प्लाटर्फम एक्समा अफवाहजन्य पोस्ट भाइरल भएको थियो ।

जिमेल नै बन्द गर्न लागेको खबर तीव्र रुपमा फैलिएसँगै गुगलले यस विषयमा सफाइ दिनुपरेको छ ।

गुगलले आफ्नो पेजमा यसबारेमा प्रष्टीकरण दिंदै जिमेल बन्द नहुने बताएको छ । उसले लेखेको छ- Gmail is here to stay. ।

जिमेल सेवा बन्द नहुने भएकाले प्रयोगकर्ताहरु चिन्तित हुनु नपर्ने गुगलले जनाएको छ ।

स्मरण रहोस् विश्वमा एक अर्ब ८० करोडभन्दा धेरै मानिसले जिमेल प्रयोग गर्दछन् । जिमेल सबैभन्दा लोकप्रिय इमेल सेवा हो ।

यद्यपि गुगलले जिमेलको आधारभूत एचटीएमएल भर्सन चाहिं बन्द गर्ने भएको छ ।

गुगलले कुनैबेला निकै चर्चित रहेका एप तथा सर्भिसहरु समेत एकपछि अर्को गरी बन्द गर्दै गएको बेला जिमेलसमेत बन्द गर्ने हल्ला धेरैले पत्याएका हुन् । हालसम्म गुगलले आफ्ना एप, सर्भिस तथा हार्डवेयर गरी २९३ वटा प्रडक्ट बन्द गरिसकेको छ ।

गुगलको इमेल सर्भिस जिमेल सन् २००४ को अप्रिल १ मा सुरु भएको थियो ।

एजेन्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]