२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

रतपुर भ्रमण वर्षकाे तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले नारायणी नदी किनारमा उद्घाटन गर्ने तयारी

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, फाल्गुण १५, २०८०

चितवन – भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो शुक्रबार नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ ।

झन्डै ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातीय समुदाय, विभिन्न सामाजिक सङ्घ–संस्था, नागरिक समाज, विभिन्न जातजाति सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् । ‘घुमाैँ भरतपुर’ भन्ने नाराका साथ आयोजना हुन लागेको भ्रमण वर्षको तयारीका सन्दर्भमा विभिन्न राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिसकेको महानगरले जनाएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको छ ।

महानगरका गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने, पर्यटकको सङ्ख्या र बसाइँ अवधि बढाउने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गर्न लागेको मेयर दाहालले बताउनुभयो ।

भ्रमण वर्षमा निजी क्षेत्र तथा विभिन्न सङ्घ/संस्थाहरूको अगुवाइमा वर्षभरि ५१ वटा कार्यक्रम सञ्चालन हुनेछन् । भ्रमण वर्षमा झन्डै दुई लाख बाह्य पर्यटक तथा पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरको लक्ष्य छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरूको अवलोकन, यहाँका सम्भावनाहरूको पहिचान तथा बदलिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने उपमेयर चित्रसेन अधिकारीले बताउनुभयो ।

भ्रमण वर्षमा आउने पाहुनाहरूलाई सेवा प्रदान गर्न महानगरपालिकाभित्रका होटलहरूमा सात हजार पाँच सय बेड र सौराहादेखि गैँडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिनुभयो । भ्रमण वर्षमा आउने पाहुनाहरूलाई लक्षित गरी होटल तथा रेस्टुरेन्टहरूले छुट सुविधा घोषणा गरेका छन् ।

भ्रमण वर्षको उद्घाटन समारोहलाई सफल बनाउन घरघरबाट सहभागी हुन चितवनवासीलाई भरतपुर महानगरपालिकाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]