०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

नेपाल समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

Logo
HeroNepal-tv प्रकाशित आइतबार, फाल्गुण १३, २०८०

काठमाण्डौ ः नेपाल समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलको फराकिलो अन्तरले हरायो । लगातार तेस्रो जितका साथ ९ अङ्क जोडेको नेपाल शीर्षस्थानमा रह्यो ।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले दुई तथा रेखा पौडेल र गीता रानाले समान एक गोल गरे । नेपालले अब सेमिफाइनलमा पर्सि मंगलवार लेबनानसँग खेल्नेछ । त्यस्तै अर्को सेमिफाइनलमा समूह ‘ए’ बाट समूह विजेता बनेको जोर्डन र समूह ‘बी’ को उपविजेता प्यालेस्टाइन खेल्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]