०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

नेपाल–भारतबीच अन्तरदेशीय अनलाइन भुक्तानी शुरु, नेपालीले भारतमा भुक्तानी गर्न भने केही समय लाग्ने

Logo
HeroNepal-tv प्रकाशित बुधबार, फाल्गुण १६, २०८०

काठमाण्डौ– नेपाल र भारतबीच अन्तरदेशीय अनलाइन भुक्तानी सेवा आजदेखि शुरु भएको छ । नेपालको भुक्तानी सञ्चालक फोन–पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारीअनुसार आजदेखि अन्तरदेशीय भुक्तानी सेवा शुरु भएको हो । तर अहिलेलाई भारतीय पर्यटकले नेपालमा फोन–पेको क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् ।

नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न भने केही समय कुर्नुपर्ने भएको छ । फोन–पेलाई नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएका कारण नेपालीले भारतमा अनलाइन भुक्तानी गर्न पाएका छैनन् । स्वीकृति पाउनासाथ नेपालका फोन–पेका ग्राहकले भारतमा क्यूआर भुक्तानी गर्न सक्नेछन् ।

नेपालीले भारतमा भिम यूपीआई र भारतीयले नेपालमा फोन–पेको भुक्तानी प्लेटफर्म प्रयोग गरेर क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । यो सेवा लिन भारतीय प्रयोगकर्ताले फोन–पे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स सक्रिय गर्नुपर्छ । यसपछि भारतीयले नेपाल आउँदा फोन–पे क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्छन् ।

अन्तरदेशीय भुक्तानीका लागि अहिलेसम्म ई–सेवा, खल्ती वालेटसहित आधा दर्जन बढी बैंक आबद्ध भइसकेका छन् । भुक्तानी गर्दा लाग्ने सेवा शुल्क भने वालेट तथा वित्तीय संस्था आफैँले निर्धारण गर्नेछन् । गएको जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा अन्तरदेशीय भुक्तानीबारे समझदारी भएको थियो ।

प्रचण्ड र समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीको हैदराबाद हाउसमा एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानबीच एमओयू आदान–प्रदान भएको थियो ।

त्यसपछि दुवै पक्षले गृहकार्य गर्दै आज भुक्तानी शुरु भएको हो । यसले नेपाल र भारतका नागरिकलाई भुक्तानीमा निकै सहज हुनेछ । यस्तै नगद बोक्ने समस्याको अन्त्य हुनेछ भने एकअर्का देशमा समस्या पर्दा सजिलै पैसा पठाउन सकिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]