०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

नेपाल–भारतबीच अन्तरदेशीय अनलाइन भुक्तानी शुरु, नेपालीले भारतमा भुक्तानी गर्न भने केही समय लाग्ने

Logo
HeroNepal-tv प्रकाशित बुधबार, फाल्गुण १६, २०८०

काठमाण्डौ– नेपाल र भारतबीच अन्तरदेशीय अनलाइन भुक्तानी सेवा आजदेखि शुरु भएको छ । नेपालको भुक्तानी सञ्चालक फोन–पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारीअनुसार आजदेखि अन्तरदेशीय भुक्तानी सेवा शुरु भएको हो । तर अहिलेलाई भारतीय पर्यटकले नेपालमा फोन–पेको क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् ।

नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न भने केही समय कुर्नुपर्ने भएको छ । फोन–पेलाई नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएका कारण नेपालीले भारतमा अनलाइन भुक्तानी गर्न पाएका छैनन् । स्वीकृति पाउनासाथ नेपालका फोन–पेका ग्राहकले भारतमा क्यूआर भुक्तानी गर्न सक्नेछन् ।

नेपालीले भारतमा भिम यूपीआई र भारतीयले नेपालमा फोन–पेको भुक्तानी प्लेटफर्म प्रयोग गरेर क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । यो सेवा लिन भारतीय प्रयोगकर्ताले फोन–पे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स सक्रिय गर्नुपर्छ । यसपछि भारतीयले नेपाल आउँदा फोन–पे क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्छन् ।

अन्तरदेशीय भुक्तानीका लागि अहिलेसम्म ई–सेवा, खल्ती वालेटसहित आधा दर्जन बढी बैंक आबद्ध भइसकेका छन् । भुक्तानी गर्दा लाग्ने सेवा शुल्क भने वालेट तथा वित्तीय संस्था आफैँले निर्धारण गर्नेछन् । गएको जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा अन्तरदेशीय भुक्तानीबारे समझदारी भएको थियो ।

प्रचण्ड र समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीको हैदराबाद हाउसमा एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानबीच एमओयू आदान–प्रदान भएको थियो ।

त्यसपछि दुवै पक्षले गृहकार्य गर्दै आज भुक्तानी शुरु भएको हो । यसले नेपाल र भारतका नागरिकलाई भुक्तानीमा निकै सहज हुनेछ । यस्तै नगद बोक्ने समस्याको अन्त्य हुनेछ भने एकअर्का देशमा समस्या पर्दा सजिलै पैसा पठाउन सकिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]