काठमाडौँ । काठमाडौंको चुनदेवीबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ स्थित तीन तले घरको छतमा ओखर (जुवा) खेलेको र खेलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनास्थलबाट प्रहरीले १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरेको छ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । साहले ती किशोरीलाई गत असार २८ गते दिउँसो भद्रपुर नगरपालिका-७ स्थित मौसम होटल एन्ड लजमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा जिल्ला […]
भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनी पछिल्लो केही दिनदेखि अस्पताल धाइरहेका थिए। उनले २९ जुलाईमा आफ्नो आँखाको सर्जरी गराएका पनि थिए। तर सर्जरी सफल भने भएन। अब उनी आफ्नो आँखाको सर्जरी गर्न अमेरिका जाने तयारीमा रहेकाे स्राेतले जनाएकाे छ। शाहरूखको दुइ्टै आँखामा मोतियाबिन्दु छ। तर अहिलेसम्म यस विषयमा उनी वा उनको टिमबाट भने कुनै औपचारिक […]
क्वालालम्पुर : मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली टोलिका खेलाडीहरुले ७ संवरण र ३ रजत गरि जम्मा १० मेडल जित्न सफल भएको छ । मलेसियाको सेलाङ्गोर राज्यको केलाङ शहरको esplanade mall मा भएको खेलमा पदकहरु जितेका हुन। जस मध्य नारायण नहर्की, अब्बास अन्सरी, मनिष पौडेल, सुजल कंडेल, […]
नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको छैठौँ पूर्ण बैठक पार्टी केन्दृय सदस्य तथा सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पार्टी कार्यालय बिजुलीबजार काठमाडौमा कमिटीका अध्यक्ष सुरत खत्रीको अध्यक्षतामा ०५ साउन, २०८१ मा सम्पन्न बैठकले आगामी भाद्र १३ गते “गौरा विशेष सुदुरपश्चचिम सांस्कृतिक कार्यक्रम” आयोजना गर्ने निर्णय गरेको छ । […]
चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्। शनिबार अपराह्न ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किएका थिए । नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन कुलमाननले मानेनन् नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएको ६ उद्योगको लाइन जोड्न अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रवार अपराह्न ऊर्जामन्त्री दिपक खड्का एवम् उद्योगमन्त्री दामोदर भण्डारीसहित प्राधिकरणका पदाधिकारी र उद्योगीहरूसँग छलफल गरी कुनै पनि हालतमा काटिएको लाइन शुक्रवार नै […]
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्द्धन एवं विस्तारविना देशको विकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति सरकारले लिने स्पष्ट पार्नुभएको हो । महासङ्घका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु […]
नेपाली युवापूस्तामाझ चर्चित सर्जक टंक तिमिल्सिनाको “चमक्क चमक्क लाली जोवन” भन्ने बोलको गीत डिजिटल प्लेटफर्म टंक तिमिल्सिना युट्यूब च्यानलमा सार्वजनिक भएको छ । यो समाचार तयार पार्दासम्म गीतले 1 लाख भन्दा बढी भ्युज पनि पाईसकेको छ । सुदुरपश्चिम अछामको पन्चदेवल बिनायक नगरपालिकामा जन्मेका गायक, सर्जक टंक तिमिल्सिनाका “मेरि चम्पा”, “चल्यो बतास”, मीठो बोलिले”, “हुक्का बार”, […]
हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकालले केहि युवाहरु लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबि लगाउँन पुगेकी थिइन् । मिना केटाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ बर्षकी गजुरेलकी आमालाई धम्काई चाबि लगाएर हिंड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई पक्राउ गरेको हो । […]