०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

अमेरिकाको मेरील्यान्डमा एक नेपाली युवक मृत भेटिए

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र १७, २०८१

काठमाडौँ । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ ।

उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन शुरु गरिएको छ ।

मृत्युको कारण पत्ता नलागेको बताइएको छ । यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो । पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]