२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

फेटामा आधुनिक कृषि तथा पशुपन्छी केन्द्रको भवन हस्तान्तरण

Logo
कृष्ण गुप्ता प्रकाशित सोमबार, भाद्र १७, २०८१

बाराको फेटा गाउँपालिकाको वडा नम्बर ३ फेटामा आधुनिक किसिमको कृषि तथा पशुपन्छी केन्द्रको भवन उदघाटन तथा हस्तान्तरण कार्यक्रम ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतका आर्थिक करिडोर कार्यालय बर्दीबास, महोत्तरी कार्यालय प्रमुख वरिष्ठठ कृषि विकास अधिकृत रबिन्द्र कुमार महथाको अध्यक्षता तथा फेटा गाउँपालिकाको गाउँपालिका अध्यक्ष रुस्तम अंसारीको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।
सो भवन ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतका आर्थिक करिडोर कार्यालय बर्दीबास, महोत्तरीबाट दुई करोड ७७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।
कृषि, पशुपन्छी तथा सहकारी शाखामा कार्यरत कर्मचारी संजय कुशवाहाको विशेष पहलमा निर्माण भएको उक्त भवन आइतबार एक विशेष कार्यक्रमका बीच गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका आयोजना निर्देशक डा. चन्द्र प्रसाद रिसालले गाउँपालिका अध्यक्ष रुस्तम अंसारीलाई सो भवन हस्तान्तरण गरेका थिए। अब सो केन्द्र संचालनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकालाई दिइनेछ।
गाउँपालिकामा कृषि तथा पशुपन्छी केन्द्रको भवन निर्माणले क्षेत्रका कृषकहरुलाई लाभान्वित गर्ने विश्वास गाउँपालिका अध्यक्ष अंसारीले व्यक्त गरेका छन्। अंसारीले भने, “यो केन्द्रको भवनले कृषि प्रधान हाम्रो गाउँपालिका सहित जिल्लाका कृषकहरुलाई ठूलो फाइदा पुग्नेछ।”
उक्त कार्यक्रममा आयोजना निर्देशक डा. चन्द्र प्रसाद रिजाल, फेटा गाउँपालिकाकी उपाध्यक्ष निलाम, प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह, वडा नं. १ का वडा अध्यक्ष बिगन दास, वडा नं. २ का वडा अध्यक्ष नरेश प्रसाद पटेल, वडा नं. ३ का कार्यवाहक वडा अध्यक्ष अनवर अलि, कार्यपालिका सदस्य, पालिकाको विभिन्न शाखाको शाखा प्रमुख तथा अन्य कर्मचारीहरु, आयोजनाका कर्मचारी लगायत विभिन्न समुह सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]