०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

फेटामा आधुनिक कृषि तथा पशुपन्छी केन्द्रको भवन हस्तान्तरण

Logo
कृष्ण गुप्ता प्रकाशित सोमबार, भाद्र १७, २०८१

बाराको फेटा गाउँपालिकाको वडा नम्बर ३ फेटामा आधुनिक किसिमको कृषि तथा पशुपन्छी केन्द्रको भवन उदघाटन तथा हस्तान्तरण कार्यक्रम ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतका आर्थिक करिडोर कार्यालय बर्दीबास, महोत्तरी कार्यालय प्रमुख वरिष्ठठ कृषि विकास अधिकृत रबिन्द्र कुमार महथाको अध्यक्षता तथा फेटा गाउँपालिकाको गाउँपालिका अध्यक्ष रुस्तम अंसारीको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।
सो भवन ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतका आर्थिक करिडोर कार्यालय बर्दीबास, महोत्तरीबाट दुई करोड ७७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।
कृषि, पशुपन्छी तथा सहकारी शाखामा कार्यरत कर्मचारी संजय कुशवाहाको विशेष पहलमा निर्माण भएको उक्त भवन आइतबार एक विशेष कार्यक्रमका बीच गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका आयोजना निर्देशक डा. चन्द्र प्रसाद रिसालले गाउँपालिका अध्यक्ष रुस्तम अंसारीलाई सो भवन हस्तान्तरण गरेका थिए। अब सो केन्द्र संचालनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकालाई दिइनेछ।
गाउँपालिकामा कृषि तथा पशुपन्छी केन्द्रको भवन निर्माणले क्षेत्रका कृषकहरुलाई लाभान्वित गर्ने विश्वास गाउँपालिका अध्यक्ष अंसारीले व्यक्त गरेका छन्। अंसारीले भने, “यो केन्द्रको भवनले कृषि प्रधान हाम्रो गाउँपालिका सहित जिल्लाका कृषकहरुलाई ठूलो फाइदा पुग्नेछ।”
उक्त कार्यक्रममा आयोजना निर्देशक डा. चन्द्र प्रसाद रिजाल, फेटा गाउँपालिकाकी उपाध्यक्ष निलाम, प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह, वडा नं. १ का वडा अध्यक्ष बिगन दास, वडा नं. २ का वडा अध्यक्ष नरेश प्रसाद पटेल, वडा नं. ३ का कार्यवाहक वडा अध्यक्ष अनवर अलि, कार्यपालिका सदस्य, पालिकाको विभिन्न शाखाको शाखा प्रमुख तथा अन्य कर्मचारीहरु, आयोजनाका कर्मचारी लगायत विभिन्न समुह सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]